२६ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य लीलामणि पोखरेलले कुनै पनि हालतमा एमसीसी अमान्य हुने भन्दै नोट अफ डिसेन्ट लेखेका छन् ।
पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाइ महत्व दिइएको स्थायी समिति बैठकमा प्रचण्ड निकट मानिदै आएका प्रभावशाली नेता पोखरेलले नोट अफ डिसेन्ट लेखेका हुन् ।
‘एमसीसी आफैंमा विभिन्न उद्देश्यले आएको र मूल सम्झौता संशोधन हुँदैन भनेर अमेरिकी पक्षले भनिसकेकोले मूल सम्झौतामै संशोधन हुँदैन भने कसरी नेपालको हित अनुकूल संशोधन हुन्छ’ पोखरेलले बैठकमा प्रश्न उठाएका थिए ।
पूर्वप्रधानमन्त्री तथा सो पार्टीका वरीष्ठ नेता झलनाथ खनाल, नेता भिम रावल र मन्त्री समेत रहेका प्रदीप ज्ञवालीको अध्ययन कार्यदल हुदै पछिल्लो बिष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले परिमार्जन सहितको शंसोधनमा जोड दिएको तथा ‘राष्ट्रिय हितमा परीभाषित गर्नुपर्ने’ बिषयमा पनि पोखरेलले सैद्धान्तिक अडान राख्दै आएका थिए ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रस्तावमाथि ‘नोट अफ् डिसेन्ट’ राखेका पोखरेलले एमसीसीलाइ (आईपीएस) इन्डो प्यासिफिक स्ट्राट्रेजीको अंग भएको बताउँदै आएका छन् । उनले भनेका छन् –‘अमेरिकाको ग्लोबल पोलिटिक्स र सुरक्षा सञ्चालन गर्नेसँग सम्बन्धित नीति र गठबन्धन भएकाले नेपालको हकमा मात्रै संशोधन नहुने र नेपालका लागि मात्र अमेरिकाले आफ्नो ग्लोबल पोलिसी परिवर्तन गर्ने स्थिति रहेको छैन ।’
नेपालको संविधान कानुन, सरकार, संसद र अदालतको मान्यता विपरीतको कुराहरु सम्झौतामा रहेको बिषय लिएर नेता पोखरेलले लकडाउन अगाडि जिल्ला दौडाहा समेत गरेका थिए । यसअघि एमसीसलिाइ लिएर आन्दोलन नै उठाउनुपर्छ भन्ने भीम रावलले भने यसबारेमा आज अहिलेसम्म कुनै थप प्रतिक्रिया दिएका छैनन् ।
वि.सं.२०७७ भदौ २६ शुक्रवार २०:१५ मा प्रकाशित






























