back
CTIZAN AD

‘सिसेल्समा नेपालीले खानै नपाएको भन्ने समाचारमा कुनै सत्यता छैन-उपाध्यक्ष मनोज विक, एनआरएनए सिसेल्स

वि.सं.२०७७ भदौ २६ शुक्रवार

1K 

shares

२६ भदौ, काठमाडौं । विश्व्यापी कोरोना संक्रमणका कारण सिसेल्समा रहेका नेपालीहरुले बस्न तथा खानै नपाएको भनेर आएको समाचारमा कुनै सत्यता नभएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् सिसेल्सले जनाएको छ ।

केही दिन अघि संचार माध्यममा सिसेल्समा नेपालीले खान र बस्न नपाएको भनेर आएको समाचारले सिसेल्समा कार्यरत नेपाली, उनीहरुका परिवार तथा अन्यलाई समेत असर परेको बताउँदै त्यस्तो समाचारमा कुनै सत्यता नभएको एनआरएनए सिसेल्सका उपाध्यक्ष मनोज विकले संसारन्युजलाई बताएका छन् ।

उक्त समाचारको खण्डन गर्दै विकले भनेका छन्

सिसेल्समा भएका नेपालीहरूको आजको समस्या भनेको ज–जस्ले कोरोना भाईरस (Covid19) लगायत अन्य कारणवस जागिर गुमाएका छन् । उनीहरू नेपाल फर्कन चाहान्छन् । तसर्थ नेपाल फर्कन पर्ने वाध्यात्मक परिस्थितिमा केही नेपाली छन् ।

तर खानै नपाएको र बस्नै ठाँउ समेत नपाएको भन्ने कुरामा कुनै सत्यता छैन र सिसेल्समा यस्ता खालका घटना हुदैनन् पनि । यदा कदा कुनै कम्पनी वा साहुले यस्ता हर्कत गर्ने चेष्टा गरेमा यहाँको कानुनले छाड्दैन ।

नेपाल फर्कने सम्बन्धमा हामीले पटक पटक सम्वन्धित दूतावास,नेपाल सरकारको श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयमा समेत कुरा राखेका छौ र यसै समाचारको माध्यमबाट पनि नेपाल सरकारको सम्वन्धित निकायहरूको पुनः ध्यानाकर्षण समेत गराउन चाहान्छौ की नेपाल फर्कन पर्ने वाध्यात्मक परिस्थितिमा सिसेल्समा रहेका नेपालीहरूलाई यथाशिघ्र नेपाल जाने वातावरण निर्माण गरियोस् ।

सिसेल्समा हुनुहुने साथिहरूमा पनि म यसै समाचारको माध्यमबाट सन्देश दिन चाहान्छु की कोही कतै खान बस्न नपाएको समस्या भए कृपया सम्पर्क गर्नु होला सामाधान हुने छ । घर जान नपाएकोमा आक्रोशित हुदै अफवाह फैलाउने किसिमका समाचार सम्प्रेषण लगायत वा सामाजिक संजालमा तथानाम लेख्ने खालका गतिविधी कदापि नगर्न समेत आग्रह गर्दछौ ।

किनकी सिसेल्समा तपाई मात्र नभई हजारौ नेपाली छौ । यस्ता खालका भ्रमक समाचारले हाम्रो घर परिवार, ईष्टमित्र, शुभचिन्तक लगायत नेपाल वा अन्य मुलुकमा रहेकाहरूमा के कस्तो असर गरेको होला र उनीहरूमा के बितिरहेको होला ।

भाद्र २५ गते रातोपाटी अनलाईन खबरले प्रकाशित गरेको समाचार शिर्षक ‘सिसेल्समा खान बस्न नपाई भोकै मर्नुपर्ने स्थिती’ भन्ने बारे कुनै सत्यता नरहेको र पीडित भनिएका सिसेल्सबाट समाचार स्रोतकर्ताको भूमिका निर्वाह गरेका युवाराज खत्री स्वयं भन्छन–रातोपाटीसगंको संवादमा आफूले त्यस्तो नभनेको र जे भनियो त्यो भन्दा फरक समाचार छापिएकोमा आफै दुःखी भएको बताएका छन् ।’

वि.सं.२०७७ भदौ २६ शुक्रवार २०:४२ मा प्रकाशित

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...