back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ २५ बिहीवार

741 

shares

२५ भदौ, काठमाण्डौं । नेपालमा विहिबार ( २५ भदौ ) सम्म पिसीआर प्रविधिबाट ८ लाख १० हजार ४८५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ११,१४४ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १४,४४८ रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा८,०१० जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ६,४३८ जना रहेका छन् ।

हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ५,८०६ रहेको छ । यो संख्या पछिल्लो समय घट्दै गएको छ ।

आज थपिएका १२४६ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ भने आज निको भएर १८१८ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ३५ हजार ७ सय जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आज थपिएका ५ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११७ पुगेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा १६५ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ४, प्रदेश २ मा २४, बागमती प्रदेशमा १०५, गण्डकी प्रदेशमा ५, प्रदेश नं ५ मा २०, कर्णाली प्रदेशमा ६ र सुदुरपश्चिम प्रदेशमा १ जना गरी जम्मा १६५ जना आइसीयुमा उपचाररत रहेका छन् ।

त्यसैगरी बागमती प्रदेशमा २० र प्रदेश ५ मा १ जना गरी जम्मा २१ जना विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

त्यसैगरी ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला सुनसरी, सर्लाही, काठमाडौं, चितवन र रुपन्देही गरी ५ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु मनाङ, मुस्ताङ, म्याग्दी, मुगु, डोल्पा र हुम्ला गरी ६ जिल्ला रहेका छन् ।

आज काठमाडौं उपत्यकाका ५७२ सहित १२४६ जनामा कोरोना संक्रमण
नेपालमा काठमाडौं उपत्यकाका ५७२ सहित देशैभरी १२४६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा४९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ जना कोरोनाका नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २, उदयपुरमा २, खोटाङमा १, झापामा ११, पाँचथरमा ४, भोजपुरमा ३, मोरङमा १६, संखुवासभामा २२ र सुनसरीमा २३ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा २७, पर्सामा ११, बारामा १७, रौतहटमा २, सप्तरीमा ३५, सर्लाहीमा ४२ र सिराहामा १ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौमा ४९५, काभ्रेपलान्चोकमा ३६, चितवनमा १८, दोलखामा ३, धादिङमा ३, नुवाकोटमा १, भक्तपुरमा ३४, मकवानपुरमा ३५, रामेछापमा २, ललितपुरमा ४३, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा १ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २१, गोरखामा १, तनहुँमा ५, नवलपरासीपूर्वमा ८, पर्वतमा २, लमजुङमा १, बागलुङमा ९ र स्याङजामा १२ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा ४४, गुल्मीमा ७, दाङमा ४, नवलपरासीमा ३७, पाल्पामा २९, बर्दियामा १०, बाँकेमा ७०, रुपन्देहीमा ५१, रोल्पामा १ र रुकुमपश्चिममा ६ जनामा संक्रमण पु्ष्टि भएको छ ।

कर्णाली प्रदेशको रुकुमपश्चिममा ६, सल्यानमा ६ र सुर्खेतमा ५ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कैलालीमा २१, डोटी, बाजुरा र बैतडीमा १÷१ जना गरी आज देशैभरी १२४६ जना संक्रमित थपिएका छन् । उनीहरुमा ४०२ महिला र ८४४ पुरुष रहेका छन् ।

आज थपिएका १२४६ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।

आज १८१८ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या ३५,७०० पुग्यो
२५ भदौ, काठमाडौं । नेपालमा आज पनि १८१८ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । पछिल्ला दिनमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या दिनहुँ बढिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमित मध्ये निको हुनेको यो संख्या ७१ प्रतिशत हो ।

मन्त्रालयका अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत १८१८ जना आज संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १८१८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ३२१८, प्रदेश २ मा १०,१५२, बागमती प्रदेशमा ६००७, गण्डकी प्रदेशम २०७७, प्रदेश नं ५ मा६१३३, कर्णाली प्रदेशमा २४२४ र सुदूरपश्चिम प्रदेशमा ५६८९ जना गरी हालसम्म जम्मा ३३ हजार ७० जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ९८६, प्रदेश २ मा ५१५, बागमती प्रदेशमा ४५०, गण्डकी प्रदेशमा ५९४ प्रदेश नं ५ मा ११४४, कर्णाली प्रदेशमा ६४४, र सुदूरपश्चिम प्रदेशमा १४७३ गरी जम्मा ५,८०६ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश १ मा ४७२, प्रदेश २ मा ४२५, बागमती प्रदेशमा ४५३९, गण्डकी प्रदेशमा ७५३, प्रदेश नं ५ मा १०४५, कर्णाली प्रदेशमा २७२ र सुदूरपश्चिम प्रदेशमा ५०४ गरी जम्मा ८०१० विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार गराइरहेका छन् ।

होम आइसोलेशनमा
प्रदेश १ मा ८७४, प्रदेश २ मा २१४५, बागमती प्रदेशमा २४५७, गण्डकी प्रदेशमा १०० प्रदेश नं ५ मा ६०३, कर्णाली प्रदेशमा ९० र सुदूरपश्चिम प्रदेशमा १६९ गरी जम्मा ६,४३८ जना होम आइसोलेशनमा बसेका छन् ।

कोरोना संक्रमणबाट आज काठमाडौंका ३ सहित ५ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट आज काठमाडौंका ३ सहित ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ जिल्लाका ५ जनाको मृत्यु भएको हो । जसमा १ महिला र ४ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा मृत्यु भएका ५ जनामा काठमाडौैका ५५ वर्षीया महिला, ५९ र ८३ वर्षीय पुरुष गरी ३ जना, चितवनका ६२ वर्षीय पुरुष र कपिलवस्तुका २९ वर्षीय पुरुष रहेका छन् ।  आज थपिएका ५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ ।

यस्तो छ हेर्नुहोस्, नेपालमा २४ भदौ सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ २५ बिहीवार १८:१३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...