back
CTIZAN AD

यस्तो छ हेर्नुहोस्, नेपालमा २४ भदौ सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ २४ बुधवार

927 

shares

२४ भदौं, काठमाण्डौं । नेपालमा बुधबार (२४ भदौ) सम्म पिसीआर प्रविधिबाट ७ लाख ९९ हजार ३४१ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ११,६७० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १५ हजार २५ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ७,९८८ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ७,०३७ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालको आइसीयुमा १६२ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ५, प्रदेश २ मा २४, बागमती प्रदेशमा १०१, गण्डकी प्रदेशमा ५, प्रदेश नं ५ मा २०, कर्णाली प्रदेशमा ६ र सुदुरपश्चिम प्रदेशमा १ जना गरी जम्मा १६२ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी बागमती प्रदेशमा २१ र प्रदेश ५ मा १ जना गरी जम्मा २२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, ललितपुर र रुपन्देही गरी ७ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु ५ पुगेका छन् । जसमा मनाङ, मुस्ताङ, मुगु, डोल्पा र हुम्ला रहेका छन् ।

त्यस्तै आज थपिएका १०८१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । साथै आज ९१८ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ । कोरोना संक्रमणबाट मुक्त हुनेको यो संख्या ६८.८ रहेको मन्त्रालयले जनाएको छ ।

आज ६ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ४६४ सहित १०८१ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ४६४ जनासहित देशैभरी १०८१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३९४, ललितपुरमा ३४ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, ओखलढुंगामा ३, खोटाङमा २, झापामा ६, ताप्लेजुङमा १, धनकुटामा ९, भोजपुरमा ५, मोरङमा ७७ र सुनसरीमा ५६ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ३, पर्सामा ६, बारामा १७, महोत्तरीमा २, रौतहटमा ७०, सप्तरीमा २६, सर्लाहीमा ६ र सिराहामा ८१ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ३९४, काभ्रेपलान्चोकमा ८, चितवनमा २१, दोलखामा ३, धादिङमा २, नुवाकोटमा ४, भक्तपुरमा ३६, मकवानपुरमा ४२, रामेछापमा ३, ललितपुरमा ३४, सिन्धुपाल्चोकमा ३ र सिन्धुलप्मा १ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १०, गोरखामा१, तनहुमा ४, नवलपरासीपूर्वमा १, पर्वतमा १, लमजुङमा ३, वागलुङमा २ र स्याङजामा १ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा ११, गुल्मीमा २, दाङमा १, नवलपरासीमा १२, पाल्पामा २, बर्दियामा १३, बाँकेमा २२ र रुपन्देशीमा ४२ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको जाजरकोटमा १, दैलेखमा २ र सुर्खेतमा २२ जना तथा सुदूरपश्चिम प्रदेशको दार्चुलामा ३ र बझाङमा २ जना संक्रमित थपिएसँगै आज देशैभरी १०८१ जना संक्रमित थपिएका छन् । जसमा महिला ३३८ र पुरुष ७४३ जना रहेका छन् ।

आज थपिएका १०८१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।

आज कोरोना संक्रमणबाट मुक्त भएर ९१८ जना डिस्चार्ज
नेपालमा आज ९१८ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ९१८ जना संक्रमणबाट मुक्त भएका हुन् । आज निको भएका ९१८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ३११३, प्रदेश २ मा ९७१३, बागमती प्रदेशमा५,०९७ गण्डकी प्रदेशमा २०३८ प्रदेश नं ५ मा ५,९१९, कर्णाली प्रदेशमा २४१० र सुदूरपश्चिम प्रदेशमा ५,५९२ जना गरी हालसम्म जम्मा ३३ हजार ८८२ जना संक्रमणबाट निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ९८४, प्रदेश २ मा ५७४, बागमती प्रदेशमा ४८६, गण्डकी प्रदेशमा ५९४, प्रदेश नं ५ मा १०९३, कर्णाली प्रदेशमा ५५९ र सुदूरपश्चिम प्रदेशमा ११९० जना गरी हालसम्म जम्मा ५४८० जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा ५०५, प्रदेश २ मा ३७४, बागमती प्रदेशमा ४७७२, गण्डकी प्रदेशमा ७३३, प्रदेश नं ५ मा ७१३, कर्णाली प्रदेशमा २७५ र सुदूरपश्चिम प्रदेशमा ६१६ जना गरी हालसम्म जम्मा ७,९८८ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा ८६२, प्रदेश २ मा २५००, बागमती प्रदेशमा २४६६, गण्डकी प्रदेशमा १००, प्रदेश नं ५ मा ८९५, कर्णाली प्रदेशमा ८४ र सुदूरपश्चिम प्रदेशमा १३० जना गरी ७,०३७ जना रहेका छन् ।

कोरोना संक्रमणबाट नेपालमा आज पनि ६ जनाको मृत्यु
नेपालमा आज पनि कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ जिल्लाका ६ जनाको मृत्यु भएको छ । जसमा ३ महिला र ३ पुरुष गरी ६ जना रहेका छन् ।

मन्त्रालयका अनुसार आज काठमाडौंका ८३ वर्षीया, कास्कीकी ७३ वर्षीया र बाँकेकी ८० वर्षीया महिला तथा काठमाण्डौंका ६७ वर्षीय, अर्घाखाँचीका ४२ वर्षीय र नवलपरासीका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा मृत्यु भएका ६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ ।

हेर्नुहोस् यस्तो छ नेपालमा भदौ २३ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ २४ बुधवार १७:५५ मा प्रकाशित

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...