back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ नेपालमा भदौ २३ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ २३ मंगलवार

828 

shares

२३ भदौं, काठमाण्डौं । नेपालमा मंगलबार (२३ भदौ) सम्म पिसीआर प्रविधिबाट ७ लाख ८८ हजार १७४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,६११ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १४ हजार ८६८ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८०५३ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ६,८१५ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा १४४ र भेन्टिलेटरमा२३ जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ६, प्रदेश २ मा २४, बागमती प्रदेशमा ८५, गण्डकी प्रदेशमा ५ र प्रदेश नं ५ मा २०, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिममा १ जना गरी जम्मा १४४ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी बागमती प्रदेशमा २२ र प्रदेश ५ मा १ जना गरी जम्मा २३ जना विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला प्रदेश १ मा मोरङ, सुनसरी, प्रदेश २ मा धनुषा, सर्लाही, बागमती प्रदेशमा काठमाडौं, ललितपुर, चितवन र प्रदेश ५ को रुपन्देही ९ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु ६ पुगेका छन् । जसमा ताप्लेजुङ, मनाङ, मुस्ताङ, मुगु, डोल्पा र हुम्ला रहेका छन् ।

त्यस्तै आज थपिएका ९०२ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ४८ हजार ११३ पुगेको छ । साथै आज २,२६७ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ ।
आज ६ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ३९६ सहित ९०२ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ३९६ जनासहित देशैभरी ९०२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १३, झापामा १६, मोरङमा ५१ र सुनसरीमा ३८ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ३३, पर्सामा १४, बारामा १२, महोत्तरीमा ४, रौतहटमा ८, सप्तरीमा १८, सर्लाहीमा ६ र सिराहामा ४ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ३००, काभ्रेंपलान्चोकमा २, चितवनमा २०, दोलखामा २, धादिङमा ८, नुवाकोटमा ३, भक्तपुरमा ५८, मकवानपुरमा २४, रामेछापमा ८, ललितपुरमा ३८ र सिन्धुपाल्चोकमा १ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ३०, गोरखामा १८, तनहुँमा ३, नवलपरासीपूर्वमा ७, पर्वतमा १, बागलुङमा १० र स्याङजामा १ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को स्याङजा, कपिलवस्तु, अर्घाखाँची र गुल्मीमा १\१, दाङमा ३, नवलपरासीमा १, बर्दियामा ७, बाँकेमा ५, रुपन्देहीमा २१ र रोल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको दैलेखमा १ र सुर्खेतमा १८ जना संक्रमित थपिएका छन् भने सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा ९ र कैलालीमा ७७ जना संक्रमित थपिएसँगै आज देशैभरी ९०२ जना संक्रमित थपिएका छन् । जसमा महिला ३०७ र पुरुष ५९५ जना रहेका छन् । आज थपिएका ९०२ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।

आज सबैभन्दा बढी २२८७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज
नेपालमा आज अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये २,२८७ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका २,२८७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा २८१६, प्रदेश २ मा ९५२३, बागमती प्रदेशमा ५००४,गण्डकी प्रदेशमा १९९२, प्रदेश नं ५ मा ५७७१,कर्णाली प्रदेशमा २३९८ र सुदूरपश्चिम प्रदेशमा ५४८० जना गरी हालसम्म जम्मा ३२ हजार ९६४ जना जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ९९४,प्रदेश २ मा ५९२, बागमती प्रदेशमा ४५२, गण्डकी प्रदेशमा ५९४, प्रदेश नं ५ मा १०४६, कर्णाली प्रदेशमा ५२४ र सुदूरपश्चिम प्रदेशमा १,१०८ जना गरी हालसम्म जम्मा ५३१० जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा ६६४, प्रदेश २ मा ३५३, बागमती प्रदेशमा ४३५३, गण्डकी प्रदेशमा ७५७, प्रदेश नं ५ मा ८९०, कर्णाली प्रदेशमा ३०६ र सुदूरपश्चिम प्रदेशमा ७३० जना गरी हालसम्म जम्मा ८,०५३ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा ८४०, प्रदेश २ मा २५००, बागमती प्रदेशमा २४२९, गण्डकी प्रदेशमा १०० प्रदेश नं ५ मा ७८४, कर्णाली प्रदेशमा ४० र सुदूरपश्चिम प्रदेशमा १२२ जना गरी ६,८१५ जना रहेका छन् ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घट्दै, आज ६ जनाको मृत्यु
कोरोना संक्रमणबाट नेपालमा पछिल्ले २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ जिल्लाका ६ जनाको मृत्यु भएको छ । जसमा महिला १ र पुरुष ५ गरी ६ जना रहेका छन् ।

आज सुनसरीका ७० वर्षीय, पर्साका ५४ र ६० वर्षीय २ जना, काठमाण्डौंकी ८० वर्षीया महिला र ८५ वर्षीय पुरुष तथा कपिलवस्तुका ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

आज थपिएका ६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ । पछिल्ला केही दिनको तुलनामा आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आधा कम हो ।

यस्तो छ नेपालमा भदौ २२ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ २३ मंगलवार १८:३० मा प्रकाशित

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...