back
CTIZAN AD

उपत्यकाको निषेधाज्ञा खुकुलो बनाउने निर्णय, जोरबिजोरका आधारमा सार्वजनिक यातायात सञ्चालन हुने

वि.सं.२०७७ भदौ २४ बुधवार

813 

shares

काठमाडौं । बिहिबारदेखि एक साताका लागि काठमाडौं उपत्यकाको निषेधाज्ञा थप खुकुलो भएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो । गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिएअनुसार आजको बैठकले उपत्यकाभित्र भोलीदेखि जोर बिजोरका आधारमा सवारी साधन सञ्चालन गराउने, खाद्यान्न पसलहरुलाई थप समय दिएर खोल्न दिने, अन्य व्यवसाय सञ्चालन गर्न बार ताेक्नेलगायतका निर्णय गरेकाे छ । भीडभाड हुने व्यवसाय तथा संस्थाहरु सञ्चालनमा भने प्रतिबन्ध कायमै रहेको दुलालले जानकारी दिए ।

उनका अनुसार आगामी भदौ ३१ सम्म यो व्यवस्था लागु हुनेछ । दुलालले जनाएअनुसार स्वास्थ्य सुरक्षाका मापदण्डलाई भने थप कडाई गरिनेछ ।

यसअघि उपत्यकाका जनप्रतिनिधिहरुले पनि नाकामा थप कडाई गर्दै उपत्यकाभित्रको स्थिति सहज बनाउन सुझाव दिएका थिए । यसबीचमा व्यवसायीहरुले पनि निषेधाज्ञा खुल्ला गरिनुपर्ने माग गर्दै आएका छन् ।

वि.सं.२०७७ भदौ २४ बुधवार १८:२२ मा प्रकाशित

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...