back
CTIZAN AD

सेनाद्वारा ९० श्ययाको आइसोलेशन कक्ष बनाइने

वि.सं.२०७७ भदौ २९ सोमवार

738 

shares

२९ भदौ, हेटौंडा । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बिहान बसेको बैठकले कोरोना सङ्क्रमण लक्षण देखापरेका व्यक्तिलाई तत्काल उपचार सेवा प्रदान गर्न नेपाली सेनाका विभिन्न ब्यारेकमा ९० श्याको आइसोलेशन कक्ष स्थापना गर्ने निर्णय गरेको छ ।

सङ्क्रमण भएका र लक्षण देखिएका बिरामीलाई भर्ना गरी उपचार सेवा पु¥याउने उद्देश्यले सो आइसोलेशन कक्ष स्थापना गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए ।

सोही बैठकले मध्यपृतना मुख्य कार्यालय सुपारेटार, दलगण चित्लाङ, नं एक जगदलगण सुनाचुरी, काली इञ्जिनीयरिङ दलगण भैँसे, पुरानो गोरखगण सुपारेटार, नं ३ कुलेखानी, भीमफेदीस्थित प्लाष्टिक उद्योग र छतिवन ब्यारेकमा पनि छुट्टाछुट्टै आइसोलेशन कक्ष स्थापना गर्ने निर्णय गरेको छ ।

सोही बैठकले नेपाली सेनाद्वारा सञ्चालन गर्न लागिएको आइसोलेशन कक्षमा सङ्क्रमण देखिएका बिरामीलाई सेनाकै चिकित्सकबाट सेवा उपलब्ध गराउने र अति गम्भीर प्रकृतिका बिरामीलाई आवश्यकतानुसार चितवन वा वीरगञ्जतर्फको कोभिड अस्पतालमा उपचार गर्न पठाउने निर्णय गरेको सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए । बैठकमा जिल्लाका विभिन्न स्थानमा आगामी असोजको पहिलो हप्तादेखि यातायात सञ्चालन गर्न आवश्यक कार्यतालिका तयार गरी ल्याउन नारायणी यातायात व्यवसायी सङ्घलाई सुझाव दिइएको छ । (रासस)

वि.सं.२०७७ भदौ २९ सोमवार २१:०९ मा प्रकाशित

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

इलाम ।  यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३...

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को...

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...