back
CTIZAN AD

माक्र्सवादी एकता अभियान नामक नयाँ संगठनको जन्म

वि.सं.२०७७ भदौ २९ सोमवार

1.3K 

shares

२९ भदौ, काठमाडौं । देश तथा विदेशमा रहेका माक्र्सवादी बैचारिक स्पष्टता भएका वामपन्थि बुद्धिजीवि तथा सामाजिक अभियन्ताहरुले ‘माक्र्सवादी एकता अभियान नेपाल’ नाम गरेको संगठन निर्माण गरेका छन् ।

एकता अभियानले आज सोमबार जुम मिटिङ्ग मार्पmत संगठनको नाम र सचिवालयको नामावली सार्वजनिक गरेको छ ।
जनजीविका, अर्थतन्त्र र राज्यब्यवस्थाका समस्या फुकाउने र राष्ट्रिय स्वाधीनताको रक्षासहित अधुरो जनगणतान्त्रिक क्रान्ति पूरा गर्दै समाजवादी क्रान्ति सम्पन्न गर्ने आन्दोलनमा लागेकाहरुबीच क्रान्तिकारी माक्र्सवादी बैचारिक स्पष्टता र एकता बढाउनमा सहयोग गरी पीडित श्रमजीबी बर्गको मुक्तिमा योगदान गर्ने उद्देश्यका साथ स्थापना गरिएको भनिएको उक्त संगठनको संयोजकमा डा. शम्भु कट्टेल रहेका छन् ।

संबिधानका सकारात्मक कुराहरु लागू गराउन र नकारात्मक कुराहरु हटाई अधुरो रहेको जनगणतांत्रिक क्रान्ति पूरा गर्दै संबिधानको भावना बमोजिम समाजवादी क्रान्तितर्फ अघि बढ्न सशक्त र संयुक्त जनआन्दोलन आवश्यक देखिएको भन्दै नयाँ संगठन स्थापना गरिएको बताइएको छ ।

सरकार भ्रष्टाचारमा लिप्त रहेको, एमसीसी जस्तो देशघाती सम्झौता कार्यान्वयन गर्न लागेको, विदेशी सैनिकहरुलाई आफ्नो भूमिबाट हटाउन जाँगर नलगाइरहेको अवस्थामा अभियानले सरकारलाई दबाब दिने खालका कार्यक्रमहरु गर्ने जनाइएको छ ।

सो एकता अभियानमा सहसंयोजक प्रा डा रमेश अधिकारी रहेका छन् भने आठ जनाको सचिवालय गठन गरिएको छ । जसमा संयोजक र सहसंयोजक सहित रघु घिमिरे, निमकान्त पाण्डे, उदय नेपाली, राजेन्द्र रेग्मी, महादीप पोखरेल र बलदेव भट्ट रहेका छन् ।

संयोजक डा. शम्भु कट्टेल नेकपा चौंथो महाधिवेशन र मशालमा काम गरी लामो समय विदेशको समेत अनुभव बटुलेका बौद्धिक व्यक्तित्व हुन् भने सहसंयोजक रहेका प्रा.डा रमेश अधिकारी(रमेश शर्मा) तत्कालिन माओवादीको बुद्धिजीवी संगठनमा लामो समयसम्म अध्यक्ष भएका व्यक्ति हुन् ।

कार्यक्रममा सह—संयोजक प्रा.डा. रमेश अधिकारीले स्वागत मन्तव्य दिँदै राष्ट्रियता र लोकतन्त्रको सवालमा अहिले देशको अवस्था निक्कै गम्भीर मोडमा पुगेको टिप्पणी गरेका थिए । उनले यो अवस्थामा सत्ता बाहिर रहेका कम्युनिष्ट पार्टीहरुले साझा अवधारणा तयार गरेर अगाडि बढ्न आवश्यक भएको तर्पm जोड दिँदै अभियानले त्यसतर्फ पहल गर्ने बताए ।

राजेन्द्र रेग्मीले प्राविधिक संयोजन गरेको उक्त कार्यक्रममा रघु घिमिरेले धन्यवाद मन्तव्य दिएका थिए भने संचालन वरिष्ठ पत्रकार निमकान्त पाण्डेले गरेका थिए ।

जुम मिटिङ्गलाई सम्बोधन गर्दै संयोजक डा. शम्भु कट्टेलले अभियानको उद्देश्य बारे प्रस्ट पारेका थिए ।

संयोजक कट्टेलद्वारा बाचित प्रेस व्यक्तव्यको पूर्ण अंश :
नेपालमा गरीब तथा श्रमिकहरुको जीवन अति कष्टकर छ—भोकमरी छ, आत्महत्या बढेको छ, बेरोज़गारी र राहतको अभावमा गरीबहरु कोरोनाको भुंग्रोका देशहरुमा फर्किरहेका छन्। सरकार भ्रष्टाचारमा लीप्त मात्र होइन, एमसीसी जस्तो देशघाती संझौता कार्यान्वयन गर्न लागेको छ । बिदेशी सैनिकहरुलाई आफ्नो भूमिबाट हटाउन जॉगर लगाइरहेको छैन। यी सबै कुराहरुले जनतामा ब्यापक असन्तोष बढेको छ र यसको निराकरणको लागि जनताले संगठित रुपबाट सरकार माथि दरिलो दबाव दिन पर्ने देखिएको छ।

यो स्थितिको उचित संबोधन नभएमा यसले जुनसुकै मोड़ पनि लिन सक्तछ। त्यसले राम्रो दिशा र नेत्रित्व नपाएमा उत्पन्न हुन सक्ने दुष्परिणाम प्रति सत्ताधारी पार्टी र उसको सरकारले ज़िम्मेवारी लिनु पर्नेछ।

वर्तमान संबिधानमा कैयन जनगणतंन्र बिरोधी कुराहरु जस्तै, गलत प्रतिनिधिहरुलाई फिर्ता बोलाउने प्रावधानहरु नहुनु, ह्वीप प्रणालिले गर्दा सांसदहरुले स्वतंत्र विवेक प्रयोग गर्ने वातावरण नहुनु, प्रत्यक्ष निर्वाचन प्रणालिमा अल्पमत पाउने उम्म्दवारले पनि प्रतिनिधि चुनिएर स्वल्पतंत्रको वातावरण बन्नु, महंगो चुनावी संरचना र महंगो संघीय संरचनाहरु हुनु, आदि भएतापनि केही सकारात्मक कुराहरु जस्तै, सार्वभौम शक्ति जनतामा भएको कुराको स्वीकृति, ‘समाजवाद उन्मुख’ दिशामा जाने अभिब्यक्ति र तीस भन्दा बढी मौलिक अधिकार बहाली गर्ने प्रतिबध्दता पनि थिए । तर सत्ताधारी राजनीतिक दलहरु आवश्यक बहुमत भैकन पनि यी सकारात्मक कुराहरुलाई कानून र ब्यवहारमा ल्याउन नचाहनुबाट उनीहरु प्रतिगामी हुन् भन्नलाई पर्याप्त आधार मिल्छ। जनताले यो संबिधानका सकारात्मक कुराहरु लागू गराउन र नकारात्मक कुराहरु हटाई अधुरो रहेको जनगणतांत्रिक क्रान्ति पूरा गर्दै संबिधानको भावना बमोजिम समाजवादी क्रान्तितर्फ अघि बढ्न सशक्त र संयुक्त जनआन्दोलन आवश्यक देखिन्छ। सत्ताइतर राजनीतिक दलहरुलाई यो स्थितिप्रति संवेदनशील हुन र जनताको आवश्यकताहरुको संबोधन, अधुरो जनगणतांत्रिक क्रान्ति पूरा गर्दै संबिधान लक्ष्यित समाजवादी क्रान्तितर्फ बढ्न र राष्ट्रीय स्वाधीनताको रक्षा गर्नको लागि संयुक्त मोर्चा बनाएर जनतालाई सहयोग गर्न अपील गर्दछौं।
सरकारले राजनैतिक दल माथि प्रतिबन्ध थोपर्ने र गैरलोकतान्त्रिक थुनछेक गरेर मानव अधिकारको धज्जी उड़ाएँगे छ। केही गैर–न्यायिक राजनीतिक हत्याहरु समेत भएका छन। सिरहा, बारा र कंचनपुर लगायतका ठाउँहरुमा प्रहरी हिरासत भित्र पनि थुनुवाको हत्या भएका छन। देश भित्र कथित तल्लो जातको आरोपमा क्रुर कुटपिट ,बलात्कार र हत्या समेत भएका छन । यो एकता अभियान यी असंबैधानिक कार्यको घोर बिरोध गर्दछ र राजनीतिक दलहरु माथिको प्रतिबन्ध फुकुवा गर्न मॉग पनि गर्दछ।

त्यस्तैगरी, एमसीसी जस्ता देशघाती संझौताहरु अघि नबढाउन र तत्कालको लागि अहिलेको कोरोनाको अवस्थामा दैनिक कमाएर खानेहरुलाई निर्वाह लाग्ने राहतको ब्यवस्था, बेरोजगारी हटाउन स्वचालित जन सहकारी उत्पादन, भंडारण र बिरतणमा प्रोत्साहन, बिदेश गएर फर्कने श्रमजीवीहरुलाई महंगो चार्टर्ड प्लेन, होटलमा बस्न पर्ने बाध्यता लादेर लुट्ने प्रपंचको खारेजी, नेपाली कृषि उपजको बजार, भ्रँष्टाचारको अन्त्य र भ्रष्टाचारीमाथि कारबाही, शिक्षा र स्वास्थ्य मा भएको व्यापारिकरणले गर्दा ग़रीब जनता पढ्न नसक्ने र रोग लागे पछि मर्नु पर्ने र परिवारको बिल्लीबाठ हुने अवस्था आदि कुराहरुको ब्यवस्थापन गर्न पनि यो सरकारलाई सचेत गराउंदछौं।

परिवर्तनकारी शक्तिहरुलाई पनि यो सरकार राष्ट्रिय स्वाधीनता प्रति, जनताको संवैधानिक अधिकार र जीवनप्रति ज़िम्मेवार हुंदैन भने ब्यक्ति परिवर्तनको होइन, संबिधानको भावना बिरोधीहरुबीच सत्ता आलोपालो होइन, प्रणालि (ब्यवस्था) परिवर्तनको लागि अघि बढ्न र त्यो परिवर्तनको विस्वासिलो ख़ाका र परिवर्तन पछिका मार्गचित्र देखाउन र तात्कालीन समस्या हल गर्न समुदायमा आधारित लक्ष्यित वर्ग श्रमजीवी वर्ग केन्द्रित योजनाहरुमा मद्दत गर्न अनुरोध गर्दछौं ।

हाम्रो अवधारणा पत्रले स्पष्ट गरेको छ कि यो मार्क्सवादी एकता अभियान जनजीबिका, अर्थतंत्र र राज्यब्यवस्थाका समस्या फुकाउने र राष्ठ्रीय स्वाधीनताको रक्षा सहित अधुरो जनगणतांत्रिक क्रान्ति पूरा गर्दै समाजवादी क्रान्ति सम्पन्न गर्ने आन्दोलनमा लागेकाहरुबीच क्रान्तिकारी मार्क्सवादी बैचारिक स्पष्टता र एकता बढाउनमा सहयोग गरी पीडित श्रमजीबी बर्गको मुक्तिमा योगदान गर्ने उध्देश्य लिएर स्थापना भएको हो। यो एकता अभियान यसैमा केन्द्रित रहने कुरा यहाँहरुलाई जानकारी गराउन चाहन्छौं । धन्यवाद ।

वि.सं.२०७७ भदौ २९ सोमवार २०:४१ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...