back
CTIZAN AD

दीर्घरोगका बिरामीको निःशुल्क पिसीआर परीक्षण

वि.सं.२०७७ भदौ २९ सोमवार

843 

shares

२९ भदौ, बुटवल । बुटवल उपमहानगरपालिकाले लामो समयसम्म जटिल उपचार गर्नुपर्ने विभिन्न खालका दीर्घरोगका बिरामिको आजदेखि कोरोना परीक्षण निःशुल्क गर्ने भएको छ ।

नेपाल सरकारबाट तोकिएका क्यान्सर, मृगौलाको डायलाइसिस गर्नुपर्ने बिरामी, मुटु रोग, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाबाट पीडित बिरामीको निःशुल्क पिसीआर परीक्षण गर्ने निर्णय गरिएको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए । उपमहानगरपालिकाले यस खालको सुविधा उपमहानगरपालिकाभित्र बसोबास गर्ने नगरवासीलाई प्रदान गर्ने निर्णय गरेको नगरप्रमुख सुवेदीले बताए ।

यो सुविधा लिने सेवाग्राहीले आफू बसोबास गर्दै आएको वडा कार्यालयको सिफारिस र रोगको उपचारका अन्य आवश्यक कागजातसहित आउनुपर्ने व्यवस्था गरिएको छ । यसका लागि उपमहानगरपालिकाका स्वास्थ्य क्षेत्रका कर्मचारीलाई जिम्मेवारी तोकिएको जनाइएको छ ।

यस खालका बिरामीको स्वाब सङ्कलनका लागि नगरका वार्ड नं. ११ बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रमा र वार्ड नं. १४ स्थित सेमलार स्वास्थ्य चौकीमा व्यवस्था गरिएको उपमहानगरपालिकाका शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणि खनालद्धारा जारी सूचनामा जनाइएको छ ।

उपमहानगरपालिकामा यस खालका उपचार गराइरहेका दीर्घरोगका बिरामीको यकिन तथ्याङ्क आउन नसके पनि वार्डगत सिफारिसका आधारमा करिब दुई सयको सङ्ख्यामा रहेको अनुमान गरिएको प्रमुख प्रशासकिय अधिकृत चक्रपाणि शर्माले बताए ।

वि.सं.२०७७ भदौ २९ सोमवार १९:४२ मा प्रकाशित

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...