३० भदौ, रुपन्देही । कोरोना संक्रमणबाट रुपन्देहीमा एक महिलाको मृत्यु भएको छ ।
रुपन्देही शिद्धार्थनगर नगरपालिका ५ की ६४ वर्षीया महिलाको सोमबार दिउँसो २ः३५ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
ज्वरो तथा श्वास प्रस्वासमा समस्या देखिएपछि सोमबारै १२ बजेतिर अस्पतालको कोभिड क्लिनकमा आएकी उनको तत्कालै पिसीआर परीक्षण गराउँदा कोभिड १९ पोजेटिभ देखिएको थियो ।
कोरोना पोजेटिभ देखिएपछि फिभर आइसोलेन वार्डमा राखेर उपचार गरिएकी उनको दिउँसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले संसारन्युजलाई जानकारी दिएका छन् ।
कोरोना संक्रमणबाट आज काठमाडौं उपत्यकाका ८ सहित १५ जनाको मृत्यु
वि.सं.२०७७ भदौ ३० मंगलवार १२:२६ मा प्रकाशित





























