back
CTIZAN AD

सदस्य–सचिवद्वारा ललितको स्वास्थ्य अवस्था बारे जानकारी

वि.सं.२०७७ भदौ ३१ बुधवार

828 

shares

३१, भदौे, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सडक दुर्घटनामा परी घाइते भएका राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।

ललित उपचाररत टोखा स्थित ग्रान्डी इन्टरनेसनल अस्पाताल पुगि सदस्य–सचिव सिलवालले ललितको अवस्था बारे जानकारी लिएका हुन् । सदस्य–सचिव सिलवालले ललितको उपचारमा संलग्न चिकित्सकसंग भेट गरी ललितको स्वास्थ्य अवस्था बारे पनि जानकारी लिएका थिए । परिवारसंग पनि भेट गरी शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । साथै उनले ललितका परिवारसंग उपचारका सम्बन्धमा चिन्ता नगर्न बताउदै उपचारमा परिषद्ले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

भेटका अवसरमा नेपाल क्रिकेट संघका सदस्य छुम्बी लामा, राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्का पनि उपस्थित थिए ।

टेबलटेनिस खेलाडीको कोरोना बीमा

अखिल नेपाल टेबल टेनिस संघले राष्ट्रिय टेबल टेनिस खेलाडीको कोरोना बीमा गरिदिएको छ । पुरुष÷महिलामा शीर्ष १६ वरियतामा रहेका खेलाडीको कोरोना बीमा गरिएको संघका अध्यक्ष चतुरानन्द राज वैद्यले जनाएका छन् ।

वैद्यका अनुसार सबै प्रशिक्षक र अन्तर्राष्ट्रिय अम्पायर तथा टेबल टेनिस केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुको पनि कोरोना बीमा गरिएको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनीमा सबैको १ लाखका दरले बीमा गरिएको बताइएको छ ।

वि.सं.२०७७ भदौ ३१ बुधवार १९:०३ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...