back
CTIZAN AD

ओलीलाई संकेत गर्दै बाबुराम भट्टराईले भने – बयलगाडेहरुको हातमा गणतन्त्र र संघीयता सुरक्षित छैन

वि.सं.२०७७ असोज २ शुक्रवार

852 

shares

काठमाडौं । जनता समाजवादीमा नेता डा. बाबुराम भट्टराईले संविधान सभा र संघीय लोकतान्त्रिक गणतन्त्र माओवादी जनयुद्व र मधेश विद्रोहबाट आएको बताएका छन् । संविधान दिवसको अवसरमा आफ्नो धारणा राख्दै उनले अन्य राजनीतिक दललाई सुसारे, नर्तकी र तमासे भनि टिप्पणी गरेका छन् ।

‘संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह हुन्’, भट्टराईले ट्विटरमा लेखेका छन्, ‘अरू धाइ,सुसारे,पण्डा,नर्तकी,तमासे हुन् ।’

भट्टराईले ठूलो त्याग र बलिदानीबाट आएको गणतन्त्र वर्तमान नेतृत्वको हातमा सुरक्षित नरहेको टिप्पणी गरेका छन् । हालका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति संकेत गर्दै उनले बलयगाडेहरुको हातमा सुरक्षित नभएको बताएका छन् । भर्खरै जन्मिएको अपाङ्ग गणतन्त्र र संघियताको उपचार र रक्षा गर्न भट्टराईको आह्वान छ ।

‘गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरूको हातमा यो सुरक्षित छैन, अपांग शिशुको उपचार र रक्षागरौं’ भट्टराईले भनेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले पछिल्लो समय सत्तारुढ नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति निकै आक्रामक टिप्पणी गर्दै आएका छन् । बेला–बेलामा बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारबीच निकै कटाक्षणपूर्णं दोहोरो सामाजिक सञ्जालमा चल्ने गर्दछ ।

वि.सं.२०७७ असोज २ शुक्रवार १२:२६ मा प्रकाशित

सामसङ नेपालको अपग्रेड टु ग्यालेक्सी अफर सार्वजनिक, आकर्षक एक्सचेन्ज,बोनस र सजिलो इएमइ सुविधा !

सामसङ नेपालको अपग्रेड टु ग्यालेक्सी अफर सार्वजनिक, आकर्षक एक्सचेन्ज,बोनस र सजिलो इएमइ सुविधा !

काठमाडौँ । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष “अपग्रेड टु...

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

काठमाडौँ । दक्षिण एसियाका आठ मुलुकमध्ये सबैभन्दा बढी वनक्षेत्र भुटानमा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको...

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण...