back
CTIZAN AD

काठमाडौँ-रामेछाप रुटमा आजबाट विद्युतीय मिनी बस सञ्चालनमा

वि.सं.२०७७ असोज २ शुक्रवार

729 

shares

असोज २ । नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा ल्याइएको छ । श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौँबाट रामेछापको सदरमुकाम मन्थलीसम्म दैनिक रुपमा सञ्चालनमा ल्याएको सो मिनी बसको आज एक समारोहबीच पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुभारम्भ गरेका हुन । कोटेश्वरबाट आज दुईवटा मिनी बस मन्थलीतर्फ प्रस्थान गरेका छन् ।

सो अवसरमा उहाँले आयातित इन्धन डिजेल र पेट्रोललाई विस्थापित गरी स्वदेशी विद्युत्बाट सवारी साधन सञ्चालन गर्दा वातावरणीय स्वच्छता कायम हुनुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुग्ने बताए । उनले विद्युत्लाई व्यावसायिक प्रयोजनमा उपयोग गर्न सकिए भोलिका दिनमा विद्युत् खपतको समस्या नरहने र आयातित इन्धनको निर्भरता कम गर्न सकिने बताए । विश्वका अधिकांश मुलुकहरुले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिएको अवस्थामा विद्युतीय सवारी साधनलाई कर लगाउनु उपयुक्त होइन भन्नुहुँदै पूर्व प्रधानमन्त्री नेपालले यस्ता सवारीलाई प्रोत्साहन पुग्ने गरी नीतिगत व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।

बीस सिट क्षमता रहेका ती मिनी बस एनबी ग्रीनटेक इन्टरनेशनल प्रालिले चीनबाट भित्र्याएको हो । कम्पनीका प्रबन्ध निर्देशक नेमकृष्ण मानन्धरका अनुसार मिनी बसमा ८६ किलोवाट घण्टा लिथियम ब्याट्री, पिकपावर ११० किलोवाटको इलेक्ट्रिक मोटर, एयर कण्डिशनर, मोवाइल चार्जर, एयरब्यागका साथै आरामदायी फोल्डिङ सिट रहेका छन् । गाडीको अधिकतम् गति ११० किलोमिटर प्रतिघण्टा रहेको उहाँले जानकारी दिए ।

बस सञ्चालक कम्पनी भवलक्ष्मीका निर्देशक ऋतुप्रसाद चौलागाईंले यस्ता किसिमका बिजुली बसले वातावरण संरक्षणमा योगदान गर्नुको साथै आफ्नै देशमा उत्पादित बिजुलीको खपत भई आयातित इन्धनको समेत प्रतिस्थापन हुने बताए ।

वि.सं.२०७७ असोज २ शुक्रवार ११:४८ मा प्रकाशित

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

काठमाडौँ । दक्षिण एसियाका आठ मुलुकमध्ये सबैभन्दा बढी वनक्षेत्र भुटानमा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको...

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण...

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा...