back
CTIZAN AD

अष्ट्रेलिया र इंल्याण्डका खेलाडीहरूले आईपिएलको पहिलो खेल खेल्न पाउने, बिसिसिआई गर्यो यस्तो निर्णय

वि.सं.२०७७ असोज २ शुक्रवार

702 

shares

असोज २, काठमाडौँ । अष्ट्रेलिया र इंल्याण्डका खेलाडीहरुले आईपिएलको पहिलो खेल खेल्न पाउने भएका छन् । एकदिवसीय श्रृखला सकाएर बिहिबार राति चार्टड फ्लाइटबाट युएई लागि प्रस्थान गरेका दुवै टिमका खेलाडीहरु आज बिहान युएई पुगेका छन ।

बिसिसिआईकाे नियम अनुसार दुवै टिमका खेलाडीहरु ६ दिनको लागि क्वारेन्टाइन बस्नु पर्ने थियो । त्यस बिचमा खेलाडीहरुको ३ पटक कोरोना टेस्ट गर्नु पर्ने थियो र सबै टेस्टमा कोरोना रिर्पोट नेगेटिभ आएपछि मात्र टिममा सामिल गर्ने नियम बनाइएको थियो ।

तर बिसिसिआईले आईपिएलका लागि युएई पुगेका इंल्याण्ड र अष्ट्रेलियाका खेलाडीहरुको क्वारेन्टाइन समय ६ दिनबाट घटाएर ३६ घण्टा मात्र रोखेको छ । ३६ घण्टामा खेलाडीहरुको एक पटक मात्र कोरोना परिक्षण गरिने छ । कोरोना परिक्षणको रिर्पोट नेगेटिभ आएपछि खेलाडीहरुलाई  आ-आफ्नो टिममा जोडिन दिइने छ ।

बिसिसिआई यस्तो निणर्य लिदाँ अष्ट्रेलिया र इंल्याण्डका खेलाडीहरु आईपिएलको पहिलो खेलका लागि उपलब्ध रहने भएका छन ।

भोलीबाट सुरु हुने आईपिएलको पहिलो खेलमा मुम्बई इंन्डियन्स र चेन्नाई सुपर किंग्स भिड्ने छन ।

वि.सं.२०७७ असोज २ शुक्रवार १३:१४ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...