२ असोज, काठमाडौं । नेपाल चिकित्सक संघले सरकार समक्ष अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ ।
पाँचदिन देखि जुम्लामा अनशनरत डा. केसीको सत्याग्रहका सम्बन्धमा कुनै चासो नदेखाएको भन्दै चिकित्सक संघले एक विज्ञप्ति जारी गरेर जीवन रक्षाको माग गरेको हो ।
‘चिकित्शा शिक्षा तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका अभियन्ता डा. केसीले विगत ५ दिनदेखि सुरु गर्नु भएको सत्याग्रहका सम्बन्धमा नेपाल सरकारले हालसम्म कुनै पनि चासो व्यक्त नगरेको प्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’ संघका महासचिव डा.बद्री रिजालद्धारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७७ असोज २ शुक्रवार १३:१६ मा प्रकाशित






























