back
CTIZAN AD

नेता लिलामणी पोखरेलको प्रधानमन्त्री ओलीलाई प्रश्न : असक्षमलाई संसद र सरकारमा लैजान हुने कुलमानलाई किन नहुने ?

वि.सं.२०७७ असोज २ शुक्रवार

1K 

shares

काठमाडौं । कुलमान घिसिङ्गलाई पुनर्नियुक्ती नगरिएको प्रति सत्तारुढ नेकपाकै नेता लिलामणी पोखरेलेले आपत्ती जनाएका छन् । उनले कुलमानलाई नियुक्ती गर्न कुन कानूनले रोक्यो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाएका छन् ।

कुलमान घिसिङ्गको प्रस्ताव विचाराधिन बनाइएको प्रति आपत्ती जनाउँदै पोखरेलले कुलमानलाई कुन सरकारले नियुक्ती गर्यो भनेर हेर्न भन्दा कामबाट हेर्न पनि ओलीलाई आग्रह गरेका छन् । ‘कुलमान घिसिङलाई कुन सरकारले विद्युत प्राधिकरणको प्रमुखमा नियुक्ती गरेको थियो भन्ने हेर्ने कि आफ्नो कार्यकालमा देश, जनताको हित र सरकारको प्रतिष्ठा बढाउन भन्ने मुल्यांकन गर्ने ?’ पोखरेलले सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।

निर्वाचनमा पराजय भएकाहरुलाई सांसद तथा सरकारमा लगिएको प्रति टिप्पणी गर्दै उनले कुलमान के कारणले दोहोरिन नमिल्ने भनि प्रश्न तेर्साएका छन् । उनले भनेका छन्, ‘असक्षम नेता, सांसद र सरकारमा कैयन पटक दोहोरिन हुने, सक्षम, काबिल, निस्वार्थी, स्वाभिमानी व्यक्ति प्राधिकरणमा दोहोरिन नहुने ? कुन कानूनले भन्छ ?’

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा रहेका कुलमान घिसिङ्गको चार वर्षे कार्यकाल गत भदौ २९ देखि सकिएको छ । उनको पुनर्नियुक्तीको विषय चर्चामा रहँदै गर्दा उर्जा मन्त्रालयले गरेको प्रस्ताव भने प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिदिएका छन् ।

घिसिङ्गलाई पुनर्नियुक्ती गर्न दबाब बढिरहेका बेला प्रस्ताव रोकिएको विषय बाहिर आएसँगै सरकारको विरोध सुरु भएको छ । प्रधानमन्त्रीको कदमप्रति सत्तारुढ नेकपाकै नेताहरुले आपत्ति जनाएका छन् ।

वि.सं.२०७७ असोज २ शुक्रवार १३:५४ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...