असोज ४, काठमाडौँ । दिल्लीलाई आईपिएलको पहिलो खेल अगाडि ठुलो झट्का लागेको छ । चोटका कारण दिल्ली क्यापिटल्सका फास्ट बलर ईशांत शर्माले आईपिएलको सुरुवाती केही खेलहरु गुमाउने भएका छन ।
क्रिकबजका अनुसार ईशांत शर्मा ट्रेनिङ्गका क्रममा चोटिल हुन पुगेका हुन । उनी आईपिएलबाटै भने बाहिरिएका छैन्न् । क्रिकबजका अनुसार उनले दिल्लीका लागि सुरुवाती केही खेलहरु गुमाउने छ ।
२०१९ मा दिल्लीलाई सेमिफाइनलसम्म पुराउनको लागि ईशांतले महत्त्वपुर्ण भुमिका निभाएका थिए । उनले आईपिएलमा अहिलेसम्म ८९ खेल खेल्दैँ ७१ विकेट लिएका छन ।
वि.सं.२०७७ असोज ४ आइतवार १३:१७ मा प्रकाशित
























