back
CTIZAN AD

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

वि.सं.२०८३ जेठ २५ सोमवार

246 

shares

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले हङकङलाई पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको छ ।

सिङ्गापुरस्थित सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले हङकङमाथि १९ रनको जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको हो । वर्षाले प्रभावित बनेको खेलमा नेपालले हङकङलाई डकवर्थ लुइस पद्धतिमा १९ रनले हराएको हो ।

हङकङले दिएको १८९ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ११ दशमलव ३ ओभरमा २ विकेट गुमाएर ११४ रनको योगफल बनाएको थियो । त्यसपछि वर्षा भएपछि नेपाल र हङकङबीचको खेल रोकिएको थियो । वर्षाका कारण खेल पुन सुरु हुन नसकेपछि नेपालले डकवर्थ लुइस पद्धतिमा नेपालले प्रतियोगिताको उपाधिमाथि जित हासिल गरेको हो ।

नेपालका लागि ओपनर कुशल भूर्तेलले सर्वाधिक ६५ रनको योगदान दिए । उनले ४० बलमा ८ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६५ रन बनाएका हुन । त्यस्तै अर्का ओपनर आसिफ शेख शून्यमा नै आउट भए । रोहित पौडेलले २४ बलमा ३५ रन जोडे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रनको योगफल बनाएको थियो । हङकङको लागि अशुंमन रथले सर्वाधिक ८० रनको योगदान दिए । उनले ४५ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ८० रनको अर्धशतकीय इनिङ खेलेका हुन । त्यस्तै सहिद वासिफले २८ बलमा ७ चौका र ३ छक्काका साथ ५५ रन बनाउँदै आउट भए । शिव माथुरले २१ बलमा २६ रन बनाए ।

बलिङतर्फ नेपालका लागि शेर मल्लले चार विकेट लिए । त्यसैगरी करण केसीले दुई विकेट लिए भने सन्दीप लामिछानेले एक विकेट झारे । नेपालले सेमिफाइनल खेलमा ओमानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । यता हङकङले भने मलेसियालाई पाखा लगाउँदै फाइनलमा पुगेको थियो । यी दुवै राष्ट्र आगामी सेप्टेम्बरमा जापानमा आयोजनामा हुने एसियन खेलका लागि छनोट भइसकेका छन् ।

वि.सं.२०८३ जेठ २५ सोमवार १७:१३ मा प्रकाशित

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...