back
CTIZAN AD

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

वि.सं.२०८३ जेठ २५ सोमवार

420 

shares

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो साता आँप महोत्सव हुने भएको छ ।

स्थानीय उत्पादनको प्रवद्र्धन, कृषकको आयआर्जन वृद्धि तथा कृषि पर्यटनको विकास गर्ने उद्देश्य तीनदिने आँप मेला महोत्सव हुन लागेको हो ।
चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डको आयोजनामा आगामी असार ५ देखि ७ गतेसम्म हुने महोत्सवमा विभिन्न स्थानीय जातका आँप तथा आँपबाट तयार गरिएका परिकार राखिनेछ ।

महोत्सवका अवसरमा आगन्तुक तथा पर्यटकलाई आँप बगैँचा अवलोकन गराउने, विभिन्न जातका आँपबारे जानकारी दिने, रूखबाटै आँप टिप्ने अनुभव दिलाउने तथा आँपबाट बन्ने परिकारबारे जानकारी गराउने कार्यक्रम राखिएको छ ।

साथै इच्छुक आगन्तुकले शुल्क तिरेर बगैँचाबाटै ताजा आँप खरिद गर्न सक्नेछन् ।

आयोजकका प्रतिनिधि दीपेन्द्र सिंहका अनुसार महोत्सवमार्फत चित्रपुरलाई आँप उत्पादन केन्द्रका रूपमा चिनाउने, स्थानीय कृषकलाई बजारसँग जोड्ने तथा कृषि पर्यटनलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।

महोत्सव तयारीबारे जानकारी दिँदै आयोजक समितिका सदस्य प्रदीप महतोले स्थानीय कृषकले उत्पादन गरेका आँप तथा त्यसबाट निर्मित परिकारलाई एकै स्थानमा प्रदर्शन गरी उपभोक्ता र उत्पादकबीच प्रत्यक्ष सम्पर्क स्थापित गरिने बताए ।

उनका अनुसार महोत्सवले चित्रपुर क्षेत्रमा कृषि सम्भावना र स्थानीय उत्पादनलाई राष्ट्रियस्तरमा परिचित गराउन सहयोग पुग्नेछ । महोत्सवमा अचार, अमोट, आमिल, जुसलगायत आँपजन्य परिकारको प्रदर्शनी समेटिनेछ । पछिल्लो समय चित्रपुरका किसानको मुख्य आम्दानीको स्रोत आँपखेती बनेको छ ।

त्यस गाउँमा करिब ३०० बिघाभन्दा बढी क्षेत्रफलमा व्यावसायिक रूपमा आँपखेती गरिएको छ । त्यहाँका अधिकांश किसानसँग आफ्नै आँप बगैँचा रहेको छ । यहाँ उत्पादन हुने आँप धनुषासहित मधेस प्रदेशका विभिन्न जिल्लामा बिक्री हुुँदै आएको छ ।

महोत्सवमा सहभागी हुने पर्यटकलाई आँप चखाउने मात्र नभएै विद्यार्थीलाई विभिन्न जातका आँप चिनाउने, बगैँचामा भ्रमण गराउने तथा कृषि र फलफूल उत्पादनप्रति आकर्षित गर्ने उद्देश्य राखिएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिथिला नगरपालिकाको ढल्केबर र जमुनिबास क्षेत्रबाट करिब चार किलोमिटर दूरीमा रहेको चित्रपुर मधेस प्रदेशकै महत्वपूर्ण आँप उत्पादन क्षेत्रका रूपमा परिचित छ । यहाँको हावापानी र माटो आँपखेतीका लागि अनुकूल मानिने भएकाले वर्षेनि ठूलो परिमाणमा आँप उत्पादन हुँदै आएको छ ।

स्थानीय तह, कृषक तथा सरोकारवाला निकायको सहकार्यमा आयोजना हुने महोत्सवले त्यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र ग्रामीण पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

वि.सं.२०८३ जेठ २५ सोमवार १७:१७ मा प्रकाशित

सुनसरी घटनापछि सिडिओ घिमिरे गृह मन्त्रालय तानिए, सुरक्षा नेतृत्वमा व्यापक हेरफेर

सुनसरी घटनापछि सिडिओ घिमिरे गृह मन्त्रालय तानिए, सुरक्षा नेतृत्वमा व्यापक हेरफेर

काठमाडौं। सुनसरीमा आइतबार राति भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुनसरीका...

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।...

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ...

नेपालसँग कृषि तथा व्यापारिक सहकार्य विस्तारमा बंगलादेशको जोड

नेपालसँग कृषि तथा व्यापारिक सहकार्य विस्तारमा बंगलादेशको जोड

काठमाडौं। नेपालसँग कृषि तथा व्यापारिक सहकार्य विस्तार गर्दै कृषि उत्पादन,...

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...