back
CTIZAN AD

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

वि.सं.२०८३ जेठ २५ सोमवार

297 

shares

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल उद्योग परिसंघ (सिएनआई) बाट ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ विधामा प्रतिष्ठित सम्मान प्राप्त गरेको छ । सिएनआईको २३औँ वार्षिक साधारण सभाको भव्य अवसरमा परिसंघका सदस्य उद्योगहरूमध्ये भारततर्फ सर्वाधिक निर्यात गर्न सफल भएको भन्दै कम्पनीलाई सो पुरस्कार प्रदान गरिएको हो । यो विशेष उपलब्धिले गुणस्तर, नवप्रवर्तन तथा उत्पादन उत्कृष्टताप्रति लिटमसको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ ।

नेपालको सबैभन्दा ठूलो तार, केबल तथा कन्डक्टर उत्पादक उद्योगको रूपमा रहेको लिटमस इन्डस्ट्रिजले नेपालमा एल्युमिनियम तथा एल्युमिनियम अलोय (एएल) रड उत्पादन गर्ने एकमात्र उद्योगका रूपमा समेत आफ्नो विशिष्ट पहिचान स्थापित गरेको छ। कम्पनीका विश्वस्तरीय उत्पादनहरूले देशभित्रका महत्त्वपूर्ण पूर्वाधार तथा ऊर्जा परियोजनाहरूको आवश्यकता पूरा मात्र गरेका छैनन्, बल्कि क्षेत्रीय बजारमा समेत नेपाली उत्पादनको प्रतिस्पर्धात्मक उपस्थितिलाई मजबुत बनाउँदै निर्यात पोर्टफोलियोमा ठूलो योगदान दिएका छन् ।

निर्यात उपलब्धिको पाटोबाहेक लिटमस इन्डस्ट्रिजले नेपालको समग्र आर्थिक र औद्योगिक विकासमा पनि उत्तिकै उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ। कम्पनीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौँ रोजगारी सिर्जना गरेको छ भने आयात प्रतिस्थापन र आपूर्ति शृङ्खलाभित्र रहेका सहायक उद्योगहरूको विकासमा समेत ठूलो टेवा पु¥याएको छ। उत्पादन क्षमता विस्तार, अत्याधुनिक प्रविधिको उपयोग तथा दक्ष जनशक्ति विकासमा निरन्तर लगानी गर्दै कम्पनीले नेपालको दीर्घकालीन आर्थिक समृद्धिमा सघाएको छ ।

यस सुखद अवसरमा खुसी व्यक्त गर्दै लिटमस इन्डस्ट्रिज लिमिटेडका मुख्य सञ्चालन अधिकृत (सीओओ) श्री प्रकाश काफ्लेले यो सम्मान गुणस्तर, नवप्रवर्तन तथा उत्कृष्टताप्रतिको प्रतिबद्धताको महत्वपूर्ण कदर भएको बताउनुभयो। यो उपलब्धि लिटमस परिवारका सम्पूर्ण सदस्यहरूको अथक मेहनत र समर्पणको परिणाम भएको उल्लेख गर्दै उनले नेपाल उद्योग परिसंघप्रति हार्दिक आभार व्यक्त गरे । साथै, देशको अग्रणी उद्योगका रूपमा नेपालको औद्योगिक भविष्यप्रति विशेष जिम्मेवारी वहन गर्दै आगामी दिनमा पनि निर्यात विस्तार, अन्तर्राष्ट्रिय बजारमा उपस्थिति सुदृढीकरण तथा समृद्ध औद्योगिक नेपालको निर्माणमा निरन्तर लागिरहने प्रतिबद्धता उनले दोहोराए । उनले

वि.सं.२०८३ जेठ २५ सोमवार १७:३० मा प्रकाशित

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको उपचारका क्रममा निधन

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको उपचारका क्रममा निधन

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ...

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...