back
CTIZAN AD

प्रधानमन्त्री ओलीको कदम भारतीय मिडियामा भाइरल ‘भारतको अगाडि नेपालले घुँडा टेक्यो’

वि.सं.२०७७ असोज ६ मंगलवार

1K 

shares

काठमाडौं । भारतीय सञ्चार माध्यममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको क्षेत्रफल समेटिएको पुस्तक वितरणमा लगाएको रोकको समाचार भाइरल बनेको छ । अधिकांश भारतीय ठूला मिडियाले यस समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।

भारतीय अनलाईन जागरणले ‘भारत सामु फेरि एक पटक झुक्यो नेपाल’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको छ । जागरणले तथ्यांक सहि नभएपछि पुस्तक प्रकाशन तथा प्रकाशित पुस्तकलाई वितरणमा रोक लगाएको भनि टिप्पणी गरेको छ ।

त्यस्तै ‘भारतको दबाबका अगाडि नेपालले घुँडा टेक्यो’ भन्ने शीर्षकमा भारतीय अनलाईन अमर उज्यालाले समाचार रिपोर्ट प्राथमिकता साथ राखेको छ । अमर उज्यालाको समाचार रिपोर्टमा नेपालको शिक्षा मन्त्रालयले प्रकाशन थालेको किताब भारतलाई जवाफ फर्काउन गरिएको तर तथ्यांक सहि नभएपछि पुस्तक प्रकाशनमा रोक लगाएको बताएको छ ।

नवभारत टाइम्सले ‘भारतको दबाबमा झुक्यो नेपाल’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको छ । नवभारत टाइम्सले नेपालको परराष्ट्र मन्त्रालय र भूमिसुधार मन्त्रालयले किताब प्रकाशनमा रोक लगाउन आग्रह गरेको कुरा उल्लेख गरेको छ । समाचारमा भारतसँगको सम्बन्धमा निकै दरार आउने देखेपछि किताब प्रकाशन तथा वितरणमा रोक लगाएको बताइएको छ ।

त्यस्तै चर्चित अनलाईन न्यूज एटिनले ‘भारतको ठूलो कुटनीतिक जीत’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । न्यूज एटिनले नेपालको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले किताब प्रकाशन बेठिक भएको बताएसँगै प्रधानमन्त्री ओलीले रोक लगाएको कुरा खुलाएको छ ।

समाचारमा नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले द्धिपक्षीय सम्बन्धमा दरार आउने भन्दै प्रधानमन्त्री ओलीलाई किताब प्रकाशन तथा वितरणमा रोक लगाउन आग्रह गरेको उल्लेख छ । कालापानी विवाद सुल्झने खालको नभएको भन्दै ज्ञवालीले भारतसँग थप छलफल गर्नुपर्ने कुरा राखेको न्यूज एटिनले लेखेको छ ।

भारत केन्द्रीय स्तरका ठूला मिडियाहरुले यस समाचारलाई अत्यन्तै प्राथमिकता साथ प्रकाशित गरेका छन् । उनीहरुले यस मामिलामा भारतले कुटनीति रुपमा जीत हासिल गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठकमा छपाई नगर्न निर्देशन गरेका थिए

पाठयक्रम विकास केन्द्रले भारतको अतिक्रमणमा परेको नेपाली भूभाग कालापानीसहितको क्षेत्रफल भएको किताब प्रकाशन गरेको थियो । ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक किताबमा संसदबाट पारित भएको चुच्चे नक्सा र सोही बमोजिमको क्षेत्रफल समेटिएको छ ।

पाठ्यक्रम विकास केन्द्रले विज्ञ तथा सरोकारवालालाई लक्षित गरि हालसम्म ५०० प्रति मात्रै पुस्तक प्रकाशन गरेको थियो । किताबमा नेपालको संशोधित क्षेत्रफल (नाबी, कुटी, गुञ्जीलगायत लिम्पियाधुरासहित) १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर उल्लेख छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ २ मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा अतिक्रमित भूभागसहितको नक्सा सार्वजनिक गर्ने घोषणा गरेकी थिइन् । राष्ट्रपतिको घोषणाअनुसार नै जेठ ५ जेठमा मन्त्रीपरिषद् बैठकले लिम्पियाधुरासहित भारतद्वारा अतिक्रमित भूभाग समेटेर नक्सा प्रकाशन गर्ने घोषणा गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले ७ जेठमा नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेकी थिइन् ।

वि.सं.२०७७ असोज ६ मंगलवार २०:१० मा प्रकाशित

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...