back
CTIZAN AD

कित्ताकाट खोल्ने निर्णय कार्यान्वयन नगर्न सर्वौच्चको अन्तरिम आदेश, अर्को पेसी असोज २० मा

वि.सं.२०७७ असोज ८ बिहीवार

855 

shares

काठमाडौं । कृषि योग्य जग्गाको कित्ताकाट खुलाउने भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न सर्वौच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । अदालतले आगामी असोज २० गतेसम्म कार्यान्वन नगर्न बिहिबार आदेश जारी गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलाशले यसअघि जारी भएको अन्तरिम आदेश निरन्तर रहने भन्दै अर्को आदेश नहुन्जेलसम्मको लागि आदेश गरेको हो । अदालतले आगामी असोज २० मा अर्को पेसी तोकेको छ ।

यसअघि अदालतले भदौ २९ मा तत्काल निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

भूमि व्यवस्था मन्त्रालयले कृषि योग्य जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेसँगै सो निर्णयविरुद्व अधिवक्ता सन्तोष भण्डारीले भदौ २८ गते सर्वौच्चमा रिट दायर गरेका थिए । भण्डारीले गरेको रिटमाथि न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले असोज ८ गतेसम्मको लागि अन्तरिम आदेश जारी गरेको थियो ।

भूमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ मा रोक्का रहेको कृषियोग्य जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको थियो। भूमि व्यवस्था मन्त्री पद्मा कुमारी अर्यालयको निर्णयबाट गरिएको कित्ताकाट खुलाउने निर्णयको व्यापक विरोध भईरहेको छ । मन्त्री अर्यालले भूमाफियाको प्रभावमा परेर निर्णय गरेको भनि आलोचना भईरहेको छ ।

तत्कालिन भूमि व्यवस्था मन्त्री दहितले रोकेका थिए

तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरिका कृषियोग्य जमिन खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । उनले २०७४ साउन २६ मा बसेको मन्त्रिपरिषद बैठकबाट उक्त निर्णय गराएका थिए ।

मन्त्री दहितले खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक व्यवस्थालाई मध्यनजर गर्दै सो निर्णय गराएका थिए । सो निर्णयसँगै कृषि योग्य भूमिमा जथाभावी भईरहेको खण्डीकरण (कित्ताकाट) रोकिएको थियो ।

वि.सं.२०७७ असोज ८ बिहीवार १६:५३ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...