back
CTIZAN AD

मन्त्रिमण्डल पुनर्गठनको अन्तिम तयारीमा ओली–प्रचण्ड, कस्तो मोडेलमा होला सहमती ?

वि.सं.२०७७ असोज ९ शुक्रवार

807 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डल पुनर्गठनको अन्तिम तयारीमा जुटेका छन् । पुनर्गठनबारे बिहिबार मात्रै तीन घण्टा छलफल अध्यक्षद्वय शुक्रबार पनि बिहानैदेखि छलफलमा छन् ।

प्रचण्ड निकट एक स्थायी समिति सदस्यले जनाएअनुसार आजको छलफलले मन्त्रिमण्डल पुनर्गठनबारे अन्तिम निर्णय लिनेछ । ‘उहाँहरु करिब टुंगोमा पुग्दै हुनुहुन्छ, निष्कर्ष छिट्टै आउला’ उनले भने ।

यसअघि आइतबार बसेको पार्टी सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठनबारे नीतिगत निर्णय गरेको थियो । मंगलबार बसेको सचिवालय बैठकमा पनि पुनर्गठनबारे छलफल भएको थियो ।

सचिवालय बैठकको निष्कर्षअनुसार नै दुई अध्यक्ष छलफलमा जुटेका हुन् । सचिवालय बैठकले पुनर्गठनका लागि विभिन्न तीनवटा मोडेललाई अघि सारेको थियो । जसमा प्रधानमन्त्रीबाहेक सबैलाई बिदाई गर्ने, दुई वर्ष पुरा गरेकालाई बिदाई गर्ने र तेस्रो बिकल्पमाका रुपमा कार्य सम्पादनको मूल्याकनको आधारमा हेरफेर गर्ने ।

बताइएअनुसार तीनवटा मोडेलमध्ये प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली कार्यसम्पादन मूल्यांकनको आधारमा हेरफेर गर्नुपर्ने अडानमा छन् भने अर्का अध्यक्ष प्रचण्ड पुराना सबैलाई बिदा गरेर नयाँ सेट ल्याउनुपर्ने पक्षमा छन् । जनाइएअनुसार दुई अध्यक्षबीचको छलफल कसलाई राख्ने वा नराख्ने भन्नेमै केन्द्रित छ ।

वि.सं.२०७७ असोज ९ शुक्रवार १३:१२ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...