वलिवुड अभिनेता सुशान्त सिंह राजपुत सिंहको आत्महत्या प्रकरणको अनुसन्धानका क्रममा नयाँ नयाँ कुराको खुलासा हुँदै गएको छ ।
सुशान्तकी प्रेमिका भनिएकी कलाकार रिया चक्रवर्ती ड्रग्स केसमा जेल परेपछि एकपछि अर्को गर्दै वलिउड क्षेत्र ड्रग्स केसमा तानिएको हो ।
यतिबेला चर्चित अभिनेत्री दीपिका पादुकोण पनि यो जालोमा परिसकेकी छन् । भारतीय नार्कोटिक्स कन्ट्रोल व्युरो (एनसीबी) ले शनिबार दीपीका पादुकोणसँग ड्रग्सको मामलामा बयान लिनेछ ।
ड्रग्सको विषयमा दिपीकाको नाम पनि आएपछि एनसीबीले उनलाई शनिबार बयान लिन थालेको हो । दीपिका विहिबार चार्टर प्लेनबाट मुम्बई पुगेकी छन् ।
सकुन बत्राको निर्देशनमा बनिरहेको फिल्मको सुटिङमा व्यस्त रहेकी दीपिकालाई एनसीबीले पत्र पठाउनासाथ उनका पति रणविर सिंह उनलाई लिन गोवा पुगेका थिए ।
रणविरले एनसीबीसँग दीपीकासँगको बयानका क्रममा उनीसँगै सँग रहन पाउ भन्ने अनुमति मागेका छन् । यद्यपी एनसीबीले उनको उनको अनुरोधका बारेमा केही पनि नबोेलेको बताइएको छ ।
सिंहले आफ्नो अनुरोधमा दीपिका छिट्टै डराउने हुनाले सोधपुछका क्रममा एनसीबीको अफिसमा दीपिकासँगै रहन चाहेको बताइएको छ ।
रणवीरले आफूहरु कानुनको पालना गर्ने नागरिक रहेको बताउँदै बयानका क्रममा दीपिकासँग सँगै बस्न नपाएपनि एनसीबीको कार्यालयमा आफू बस्न पाउने माग गरेका हुन् ।
दिपीकासँग एनसीबीले आजै सोधपुछ गर्ने भनिए पनि उनको कोभिड टेष्ट नगरिएका कारण भोलीलाई सारिएको बताइएको छ ।
उनको आज कोभिड टेष्ट गरेपछि भोली शनिबार एनसीबीले बयान लिने भएको हो ।
ड्रग्सका बारेमा दीपिकाले आफ्ना म्यानेजर करिश्मा प्रकाशसँग गरेको ह्वाटसएप च्याटमा गाँजाबाट तयार गरिएको लागुपदार्थ ‘हशिश’ मागेको बताइएको छ ।ऐजेन्सीको सहयोगमा
वि.सं.२०७७ असोज ९ शुक्रवार १३:१० मा प्रकाशित






























