back
CTIZAN AD

१० कैदीबन्दीमा कोरोना

वि.सं.२०७७ असोज ९ शुक्रवार

921 

shares

९ असोज,बनियानी । जिल्ला कारागार झापाका १० जना कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लामा आज थपिएका १४ जना सङ्क्रमित मध्ये एक महिला र नौ पुरुष बन्दीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका महामारी कार्यक्रम संयोजक जीवन चौलागाईंले जानकारी दिए ।

“काठमाडौँ पठाउनुपर्ने एक जना कैदीबन्दीको पिसिआर परीक्षण गर्दा पोजिटिभ आयो”, उनले भने, “ती बन्दीको कन्ट्याक टे«सिङको आधारमा अरुको पिसिआर जाँच गर्दा थप १० जनामा कोरोना देखिएको छ ।” २२ जनाको पिसिआर परीक्षण गर्दा १० जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

उपचारका लागि सङक्रमित बन्दीलाई मेची प्रादेशिक कोभिड अस्पताल भद्रपुरमा भर्ना गरिएको छ । सङ्क्रमित बन्दी भएकाले सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ । कारागारमा कोरोना सङ्क्रमण भेटिएपछि अहिले त्यहाँ उच्च सतर्कता अपनाइएको छ । सङ्क्रमित बन्दी २२, २५, २८, ३२, ३४, ३६, ३९, ६०, ६०, ७५ वर्ष उमेरका रहेका छन् ।

आज बिर्तामोड नगरपालिका वडा नं ५ का ६० वर्षीय एक जना महिला, शिवसताक्षी नगरपालिका–१ का ७१ वर्षीय एक जना पुरुष र झापा गाउँपालिका–६ का ५२ र १७ वर्षीय दुई जना स्थानीयमा समेत कोरोना सङक्रमण पुष्टि भएको छ ।

योसँगै झापामा कोरोनो सङक्रमितको सङ्ख्या ८३६ पुगेको छ । निको हुनेको सङ्ख्या ७५७ जना रहेको छ । सक्रिय सङ्क्रमित ७३ जना छन् भने हालसम्म ६ जनाको मृत्यु भइसकेको छ ।(रासस)

वि.सं.२०७७ असोज ९ शुक्रवार १९:४१ मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...