back
CTIZAN AD

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ?

वि.सं.२०७७ असोज ९ शुक्रवार

1.5K 

shares

स्याङ्जा । बिहिबारको बिहानले स्याङ्जा वालिङ, तमादीकी मनिषा नेपालीलाई अत्यन्तै ठूलो बज्रपात गरायो । उनले एकैपटक परिवारका ८ सदस्यलाई सधैंका लागि गुमाईन् । उनी आफुँ पनि अहिले गम्भीर अवस्थामा उपचाररत छिन् । मनिषाको गण्डकी मेडिकल कलेज, पोखरामा उपचार भईरहेको छ ।

उनी अस्पतालमै अचेत अवस्थामा रहेको बेला उनका परिवारका बाँकी सदस्यहरुको भने स्याङ्जाकै राम्दी घाटमा सामुहिक अन्त्येष्टी भएको छ । उनका परिवारका सदस्यहरुको बिहिबार साँझ सामुहिक अन्त्येष्टी गरिएको थियो ।

उपचाररत मनिषालाई आज उनका आफन्त र राजनीतिकर्मीहरुले भेट्न पुगेका थिए । पहिरोमा पुरिँदा अचेत अवस्थामा पुगेकी मनिषाले होसमा आएपछि मात्रै आफ्ना परिवारका अरु सदस्यको अवस्थाको बारेमा थाहा पाएकी थिइन् ।

होसमा आउने बित्तिकै उनले, ‘मेरो घरका अरु सबै वित्नुभो र ?’ भन्दै प्रश्न दर्शाएकी थिइन् ।

मनिषालाई भेट्न गएका नेकपा स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैह्रेले संसार न्यूजसँग भने, ‘मनिषा बहिनीको अवस्था सुधारोन्मुख छ । तर, दुःखको कुरा उहाँका परिवार अरु सदस्य बाँकी रहेनन् । मनिषाले होस् आउने बित्तिकै पनि ‘मेरा घरका अरु सबै बित्नुभो र ?’ भन्दै सोधेकी थिइन् ।’

दर्दनाक र कारुणीक मनिषाको त्यो सोधाईले भेट्न गएका सबै निकै भावुक बनेका थिए । गैह्रले संसार न्यूजसँग घटनाबारे बताउँदै भने, ‘मनिषा बहिनीको त्यो प्रश्नमा मलाई जवाफ दिन निकै गाह्रो भो । मैले निकै पीडाका साथ भने, ‘अँ सबै बित्नुभो, हामीले बचाउन सकेनौं ।’’

उनका घरका सबै सदस्यहरु बितेको थाहा पाईसकेपछि उनि निकै भक्कानिएर रोएकी थिइन् । गैह्रेले संसार न्यूजलाई सुनाए, ‘तिमी घाइते अवस्थामा छौ, अहिले अरु धेरै कुरा सोंचेर पिडाबोध नगर’ भन्दै मैंले निकै सम्झाएको थिँए ।’

गैह्रेले अघि सुनाए, ‘बम्बई भएको दाई आउँदै हुनुहुन्छ । सिद्धबाबामा पहिरो गएर रोकिनुभएको छ । तिम्रो सम्पुर्ण उपचार र पछिको भविष्यको विषयमा हामीले सहयोग गर्छाैँ। नआत्तिनु’ मैंले भनेको थिँए ।’

बिहिबार बिहान गएको पहिरोले मनिषा नेपालीको परिवारका ८ सदस्यको ज्यान लिएको थियो । पहिरोमा परि मनिषाको परिवारका सदस्यहरु क्रमशः सानी नेपाली, माया नेपाली, दीपक नेपाली, विनिता नेपाली, कुलदीप नेपाली, विक्रम नेपाली, विवश नेपाली र समीर नेपालीको ज्यान गएको थियो ।

बिहिबार बिहानको पहिरोमा परि मनिषाको घरमा पाउना आएकी उमाकला नेपालीको पनि ज्यान गएको थियो ।

वि.सं.२०७७ असोज ९ शुक्रवार २०:०१ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...