डा.देवकला भण्डारी
पूर्व महानिर्देशक-नेपाल आयुर्वेद विभागहो कुरा यहीनिर छ । यदि रामदेवले पतञ्जलीमा लगानी गरेको हो भने सरकार किन मौन छ ? रामदेव त योगाभ्यास गराउने योगी बाबा पो हुनुहुन्छ । उहाँले तल्लो स्तरमा गिरेर व्यापार व्यवसाय गर्नु भएको छ जस्तो मलाई लाग्दैन । पक्कै पनि कोही नेपालीले उद्योग व्यवसाय गरेको हुनुपर्छ । यसमा सरकारको निगरानी रहनु जरुरी छ । राष्ट्रपति तथा प्रधानमन्त्री लगायतका सम्माननीय व्यक्तित्व कम्पनीको उद्घाटन गर्न जानु कसैको आमन्त्रणलाई स्वीकार गर्नु कुनै महाभारत होइन ।
पछिल्लो समय नेपालमा पतञ्जली आयुर्वेद प्रा.लीको चर्चा व्यापक रुपमा चुलिएको छ । यसको विषयमा सकारात्मक तथा नकारात्क टीका टिप्पणी भइरहेको छ । नेपालमा निजी क्षेत्रबाट संचालित आयुर्वेद यो मात्र होइन । तर पतञ्जलीको विषयमा किन यति धेरै चर्चा भयो ? के पतञ्जली आयुर्वेद नेपालमा संचालन गर्नै नहुने हो ? यसै विषयमा केन्द्रित रहेर नेपाल आयुर्वेद विभागका पूर्व महानिर्देशक डा. देवकला भण्डारी सँग संसारन्युज डटकमका लागि संगीता पनेरुले गरेको कुराकानीको अंश:
नेपालमा पतञ्जली आयुर्वेद केन्द्रको स्थापना हुनुलाई तपाईंले कसरी हेर्नुभएको छ ?
मैले यसलाई सामान्य रुपमा लिएको छु । जस्तो सगरमाथा आयुर्वेद कम्पनी, गोरखा आयुर्वेद कम्पनी भए जस्तै पतञ्जली आयुर्वेद पनि एउटा संस्था हो । तर यसलाई कसले संचालन गरेको छ । कसरी संचालन भइरहेको छ । राज्यको नीति नियममा रहेर संचालन भएको छ कि छैन यो महत्वपूर्ण कुरा हो । पतञ्जली आयुर्वेदले औषधि विभाग, उद्योग मन्त्रालय, स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिएको छ कि छैन त ? यसको अनुगमन र नियमन गर्ने काम सरकारको हो ।
पतञ्जली आयुर्वेद त योगी रामदेवबाट संचालित छ भन्ने हल्ला आको छ नि ?
हो कुरा यहीनिर छ । यदि रामदेवले पतञ्जलीमा लगानी गरेको हो भने सरकार किन मौन छ ? रामदेव त योगाभ्यास गराउने योगी बाबा पो हुनुहुन्छ । उहाँले तल्लो स्तरमा गिरेर व्यापार व्यवसाय गर्नु भएको छ जस्तो मलाई लाग्दैन । पक्कै पनि कोही नेपालीले उद्योग व्यवसाय गरेको हुनुपर्छ । यसमा सरकारको निगरानी रहनु जरुरी छ । राष्ट्रपति तथा प्रधानमन्त्री लगायतका सम्माननीय व्यक्तित्व कम्पनीको उद्घाटन गर्न जानु कसैको आमन्त्रणलाई स्वीकार गर्नु कुनै महाभारत होइन । उहाँहरु उद्घाटन गर्न जाँदैमा कम्पनी राम्रो वा नराम्रो भन्न सकिँदैन । यो सबै विषय गुणस्तर विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद विभाग, स्वास्थ्य मन्त्रालय उद्योग मन्त्रालय सबैबाट स्वीकृति लिएर मात्रै कम्पनी खोलिएको होला भन्ने मलाई लाग्छ । यसमा सबै भन्दा महत्वपूर्ण कुरा पतञ्जली कम्पनी नेपालमा खुलिसकेपछि यसबाट उत्पादित औषधि लगायतका वस्तुहरुले अन्र्तराष्ट्रको बजार प्राप्त गरी औषधि निर्यातमुखी भई नेपालको राजस्व वृद्धि गरी नेपाली जन जीवनको उत्थान गर्ने नियत छ भने राम्रो कुरा हो । अन्यथा नेपाली जनतालाई मात्रै जडिबुटीका औषधि, खाद्यान्न लगायतका उत्पादनहरु दिलाउने उदेश्य राखिएको हो र सम्बन्धित निकायबाट त्यसको गुणस्तर परीक्षण नगराई जनतालाई भ्रम फैलाइदिएको हो भने मात्र त्यसलाई घातक मान्न सकिन्छ ।
के सरकारले नेपालका जडिबुटी उपयोग गर्न सक्दैनथ्यो ?
यदि सरकारले चाहने हो भने नेपालमा असम्भव भन्ने कुरा केही पनि छैन । सरकारलाई यस विषयमा चासो भए पो सरकारले उपयोग गरोस् । २०५२ मा बनेको राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीतिअनुसार पाँचवटै विकास क्षेत्रमा जडिबुटी संकलन केन्द्र खोल्ने, तिनीहरुको संरक्षण गर्ने, उत्पादन गरेर सम्बद्र्धन गर्ने भन्ने छ । तर खै त ति काम हुन सकेको ? म विभागमा हुँदा औषधिको गुणस्तर परीक्षण गर्न बुढानीलकण्ठमा ल्यावको लागि माष्टर प्लान पनि बनिसकेको थियो । त्यो लागु भएर सहि औषधि जनतासमक्ष पु¥याउने उदेश्य राखियो भने अव हुने संघीय राज्यमा जडिबुटी संकलन उत्पादन प्रशोधन केन्द्रको स्थापना गरीयो भने स्वदेशी जडिबुटीबाट आयुर्वेदिदक औषधि स्वदेशमै उत्पादन हुने र विदेशमा समेत निर्यात गरी राष्ट्रिय आयआर्जन वृद्धि हुने छ । यदि त्यसो गरीएन भने व्यक्तिले कम्पनीहरु खोल्ने सरकारलाई चासो नहुने स्वदेशी जडिबुटीहरु विदेशीको चङ्गुलमा जाने निमुखा जनताले गुणस्तरहीन औषधि सेवन गर्नुपर्ने र जडिबुटीको भण्डार भएको देश भएता पनि सधै गरिव देशको रुपमा प्रस्तुत हुनुपर्ने बाध्यता रहिरहने छ ।
नेपालमा आयुर्वेदिक औषधिको उपयोग त्यत्ति भएको पाइँदैन ,किन होला ?
नेपालमा आयुर्वेदिक औषधिको उपयोग धेरै भइरहेको छ । तर, आयुर्वेदका सरकारी संस्थाहरु कम भएको, जनशक्ति कम भएको अनि बजेट कम भएको हुँदा आयुर्वेद चिकित्सा पद्धतीकै उपयोग कम भएको देखिएको मात्र हो ।
यसलाई व्यवस्थापन गर्न के गर्नुपर्ला ?
सबैभन्दा पहिला त नेतृत्व वर्गको मानसिकता नै परिवर्तन गराई आयुर्वेद चिकित्सा पद्धति हाम्रो नेपाली चिकित्सा पद्धति हो यसैको माध्यामबाट चिकित्सा क्षेत्रमा आत्मनिर्भर हुनुपर्छ भन्ने राष्ट्रिय अस्तित्व सबैले मनन गर्नु पर्छ र गराउनु पर्छ । अर्काे कुरा उच्चस्तरीय जनशक्ति र अन्य जनशक्ति प्रशस्त उत्पादन गर्नुपर्छ । औषधियुक्त जडिबुटीको उत्पादन संरक्षण सम्बद्र्धन यसबाट औषधि उत्पादन उत्पादित औषधि स्वदेश तथा विदेशमा प्रयोग गर्ने व्यवस्था गर्नुपर्छ । आयुर्वेदका आठै विषय सर्जरी, प्रसुति, बालरोग, कायचिकित्सा आदि लगायतका सम्पूर्ण विषयको राम्रो व्यवस्था गर्नुपर्छ । स्वास्थ्य रक्षा र दीर्घजीवनको लागि आयुर्वेदमा उल्लेखित आहार, विहार, आचरणको व्यवस्था गरी जनतासमक्ष जनचेतना पु¥याउनुपर्छ ।
वि.सं.२०७३ पुस २१ बिहीवार १०:२५ मा प्रकाशित