Logo
२२ मंसिर २०७८, बुधबार
     Wed Dec 8 2021
E-paper
  English Edition
   Unicode
Logo

कतारमा नेपाली गतिबिधि



classic

चलचित्र क्लासिकको प्रिमियरमा आर्यन सम्मानित

कतारमा नेपाली फिल्मी बजारका चर्चित हस्ती नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ द्वारा अभिनित चलचित्र क्लासिकको प्रिमियर गरिएको छ ।

स्वयम् नायक सिग्देल उपस्थित रहेको सो मा कतारका नेपाली फिल्मका शुभचिन्तकले आफ्नो मन पर्ने हिरोको साथमा फूलमा हेरेर मजा लिएका थिए । कार्यक्रममा आर्यन सिग्देललाई सम्मान गरिएको थियो ।
करिव एक बर्ष पहिला नेपालमा रिलिज भएको यो नेपाली चर्चित फिल्मले नेपाली दर्शक मन जित्न सफल हुदै नेपाली अवार्ड कार्यक्रममा विभिन्न विधामा अवार्ड समेत जितेको थियो । नेपाली सिने क्षेत्रमा आर्यन सिग्देललाई अहिलेको अवस्थामा अभिनय र पारिश्रमिकको हिसावले माथिल्लो दर्जाको कलाकार मानिन्छ । पछिल्लो समयमा एसियन टाउनको स्टेडियममा कार्यक्रममा आएका सिग्देल एक महिनाभित्रै फेरी आफ्नो फिल्मको प्रिमियरको लागि कतार आएका छन् ।
नेपाली सिने जगतलाई माया गर्ने दर्शकहरुको मन मुटुमा स्थान बनाएका सिग्देललाई कतार सम्म ल्याउले काम मितेरी सिने युनिटले गरेको छ ।
युनिटले फिल्मको प्रोमोसनको साथै सम्पूर्ण ब्यवस्थापनको समेत जिम्मा लिएको थियो । फिल्मको प्रिमियरको लागी संयोजनका लागी केशव भट्टाराईले जिम्मा लिएका थिए ।
चलचित्र राम्रो भएपनि प्रचारप्रसार कमीका कारण हलमा दर्शकहरुको उपस्थिति कम रहेको थियो । आर्यन सिग्देल को हुन् ? त्यो कतारको सिने हलमा देख्न सकिएन । एकै दिनमा हुने ४,५ उस्तै कार्यक्रमको परिणाम पनि सो मा दर्शकको कमि हुन सक्छ ।
मितेरी सिने युनिट भर्खर कतारमा पलाउदै गरेको पालुवा हो । यस युनिटले नेपाली साना पर्दाका फिल्म लगायत नेपाली म्युजिक भिडियो समेत निर्माण गरेको छ ।
युनिटले आफुले बनाउदै गरेको र आउदै गरेको आफ्ना सृजनाहरुलाई कार्यक्रममा देखाएको थियो ।
गत सुक्रबार सनैयाको कर्वा बसपार्क पछाडी रहेको सिने हलमा सम्पन्न भएको सो को प्रमुख अतिथिमा अन्तराष्ट्रिय कलाकार मंचका अध्यक्ष भविन्द्र तामांग रहेको कार्यक्रमको सभापतित्व मितेरी सिने युनिटका अध्यक्ष सलिम मियाले गरेका थिए ।

तीन हजार रियलको पुरस्कार राशी लाली गुराँसलाई

prize

दिलकुमार श्रेष्ठ, दोहा। कतारमा भएको “विन्टर स्पोर्टस च्याम्पियनशिप अन्तर्गत फूटबल तर्फको नेपाली क्लब लालीगुराँसले ३००० रियल जितेको छ । लालीगुराँस क्लब नेपाली कम्युनिटी एनआरएन एनसिसिको तर्फबाट प्रतिनिधित्व गरेको गरेको थियो । लगातार एक महिनाको यात्रा तय गर्दै नेपाली खेलाडीहरुले आफ्नो खेल कौसल देखाउदै सो पुरस्कारको राशी जितेको थियो ।
च्याम्पियनसिपमा एनआरएन कतारको समन्वयमा नेपाली कम्युनिटीको तर्फबाट ५, फूटबल टिम, ५ भलिबल टिम, र एक क्रिकेट टिमले भाग लिएका थिए ।
विभिन्न देशका सस्थागत श्रमिकरु सम्मिलित गर्दै आयोजना गरिएको यस प्रतियोगिता बर्बा ओर्गनाईजेसन आयोजना गरेको हो । अलखोर स्थित “बर्बा ओर्कर्स रिक्रियशन कम्प्लेक्स” को खेल मैदानमा चलिरहेको खेल नकआउट सिस्टममा खेलाइएको थियो ।
पुरस्कार वितरण समारोहमा वर्वा रिक्रियसनको जनरल म्यानेजर, एमओआईका फैजल अल हुडावाई, साथमा एनआरएन एनसीसी कतारका अध्यक्ष विनेश तामांगको उपस्थिति रहेको थियो ।

पुराना कलाकारहरुलाई सम्मान नयाँलाई प्रोत्साहन

kalakar-samman
दिलकुमार श्रेष्ठ, दोहा । बसन्त फिल्म्स् प्रा.लिले नेपालबाट प्रस्तुति दिन कतार आएका कलाकारहरुलाई सम्मान गर्यो । आई बोस ग्लोबल कतारले गरेको नयाँबर्षको लागी सांगीतिक कार्यक्रममा सम्मानित हुने कलाकारहरुमा कुमार रार्ई, गायिका सहिमा श्रेष्ठ, नृत्य निर्देशक तथा मोडेल शंकर बिसी, नृत्याङ्गना रश्मी तामांग, मोडेल तथा निर्देशक स्मृति तिमिल्सिना र उद्घघोषिका सुर्जनी केसी रहेका छन् ।
कतार प्रवेश गर्ने हरेक विधाका कलाकारहरुलाई सम्मान गर्ने गरेको फिल्म्स्ले यसपाली पनि आफ्नो रितिलाई दोहो¥एको छ । यसरी नै भविष्यमा पनि आफ्नो सिलसिला कायम राख्ने फिल्मसका अध्यक्ष काफ्ले बताए ।
भर्खरै मात्र नेपालमा समेत दर्ता प्रक्रियालाई पूर्णतादिंदै आफ्नो कार्यलाई अगाडी बढाएको प्रालिले पुराना कलाकारहरुलाई सम्मान गर्दै नयाँ कलाकारहरुलाई प्रोत्साहन गर्ने आफ्नो लक्ष्य राखेको छ । यसै क्रमको निरन्तरतामा आफुले काम थालेको चौध–पन्ध्रौं महिनाको अन्तरालमा नयाँ र पुराना कलाकारहरुका ८० ओटा म्युजिक भिडियो निर्माण गरि सकेको सस्थाका सदस्य तिलु पौडेल जानकारी दिएका थिए ।
पुराना कलाकारहरुको आफ्नै स्थान हुने गर्दछ । आफ्नो स्थान बनाई सकेका कलाकारहरुले आफु हिड्ने बाटो आफै तय गरि सकेका हुनाले बिशेष गरेर प्रालिले नयाँआउने जुन सुकै विधाका कलाकारहरुलाई कलाकारिताको बाटोमा दोहोर्याउने मुख्य उदेश्य राखेको छ । आफु भित्र गला र कला हुदाँहुदै पनि विभिन्न आर्थिक, भौतिक, सहकार्यसंगै विभिन्न कारणले आफ्नो क्षमता देखाउन नसकेका अति बिपन्न बर्गका कलाकारहरुको प्रतिनिधित्व समेत प्रालिले गर्ने अध्यक्ष काफ्लेले खुलाएका थिए ।
हालै कतारको दोहा स्थित वेलकम रेस्टुरेन्टमा सम्पन्न सम्मान कार्यक्रममा सभापति बसन्त फिल्मसका मेनेजिंग डाइरेक्टर इश्वर काफ्ले रहेका थिए । प्रमुख अतिथि आई बोस ग्लोबल अमेरिकाका अध्यक्ष हप खड्का रहेको कार्यक्रममा अन्य अतिथिहरुमा आइबोस ग्लोबल कतारका अध्यक्ष नेत्र न्यौपानेका साथै कतारमा विभिन्न क्षेत्रबाट समाजलाई सहयोग गर्ने समाजसेवीहरु बिमल सुबेदी, माया केसी, लिला मचिड्डी मगर, कार्यक्रमका लागी नेपालबाट आमन्त्रित कलाकारहरु सघंसस्था का प्रतिनिधिहरु, पत्रकार लगायत दर्शक तथा शुभचिन्तकहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन सचिब अबु अलीले गरेका थिए ।

वाइवाको बिदाई

waiba
दोहा, । मगर संघ कतारले मानार्थ सदस्य तथा कला तथा सांस्कृतिक विभागका कुशल नृत्यांगना माइली माया वाइवालाई बिदाई गरेको छ ।
कार्यक्रम उहांको प्रमुख आतिथ्य साथै नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्वमा दोहाको मुगलिना स्थित वेलकम रेस्टुरेन्टमा सम्पन्न भयो ।
उक्तकार्यक्रममा बिशेष अतिथि संघका प्रमुख सल्लाहकार भिम तरामु मगर र अन्य अतिथिहरुमा कम्रशः संघका केन्द्रिय सल्लाहकारहरु जनक थापा मगर, डि.एन मगर, केशव राना मगर, नेपाल प्रवासी मगर बचत कोष, कतारका अध्यक्ष केशव राना मगर, महिला बिभाग संयोजक इशोरा थापा मगर, कला तथा सास्कृतिक बिभागका कोषाध्यक्ष कृष्ण सोराली थापा मगर,दोहा एरिया समितिका अध्यक्ष अशोक आले मगर, सनैया “ए“ एरिया समितिका सचीव रेशम आले मगर, सहानिया एरिया समितिका अध्यक्ष पदम थापा मगर, नेपाल मगर संघ युकेका आजिवन सदस्य तथा नेपाल मगर संघ ललितपुर जिल्ला सदस्य भरत बुढा मगर, नेपाली कला केन्द्रका महासचिव बिरेन्द्र श्रेष्ठ, मानार्थ सदस्यहरु बबिन राई, टेक रसाइली र रोशिका लामा, राज्य सत्ता अनलाईनका कृष्ण सारु मगर, गुम्बेली अनलाईनका सम्यक राना मगर हुनुहुन्थ्यो भने कला तथा सांस्कृतिक विभागका सदस्य तथा कलाकारहरुको साथै मगर तथा गैर मगरहरुको बाक्लो उपस्थित रहेको थियो ।
कार्यक्रममा उपस्थित रहेका सम्पुर्णलाई नेपाल मगर संघ, शाखा कतारका द्धितिय उपाध्यक्ष लिलम्बर चिदि मगरले स्वागत मन्तब्य राखेर कार्यक्रममा स्वागत गरेका थिए भने कार्यक्रम संघका महासचिव बिजय मगरले संचालन गरेका थिए ।
उहांलाई कला तथा सांस्कृतिक विभागमा आबद्ध भई एक कुशल नृत्यांगनाको भुमिका निर्वाह गरी एघारौं कार्यकाल सम्म आई पुग्दासम्म नेपाल मगर संघ, शाखा कतारको मानार्थ सदस्य (छुट) रहेर निष्ठा एवं ईमान्दारीका साथ आफ्नो दायित्व निर्वाह गर्नुका साथै संघको सामाजिक तथा सांस्कृतिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्नुभई संघलाई अतुलनीय सहयोग पुरयाएकोेमा उहाँको योगदानको उँच्चकदर गर्दै आफ्नो स्वस्थ अवस्थाका कारण उपचारका लागि कतार नफर्कने गरी स्वदेश फर्किन लाग्नु भएको अवसरमा धन्यवाद सहित संस्थाको तर्फबाट अध्यक्ष महेन्द्र थापा मगरवाट मायाको चिनो प्रदान गरेका थिए भने प्रमुख सल्लाहकार भिम तरामु मगरले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
नेपाल मगर संघ, शाखा कतार अध्यक्ष महेन्द्र थापा मगर आफ्नो ब्यक्तिगत तर्फबाट पनि मायाको चिनो प्रदान गर्नु भएको थियो ।
कलाकार लामा २०१४ साल देखि यस नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको कला तथा सांस्कृतिक विभागमा आवद्ध भई कुशल नृत्यांगनाको रूपमा यस संघको सामाजिक तथा कला क्षेत्रवाट सहयोग पुरयाउंदै आईरहनु भएको थियो । भने उहाँले दिनुभएको योगदानको कदर गर्दै नेपाल मगर संघ, शाखा कतारको केन्द्रिय समितिको सातौं बैठकवाट पारित गरी ३४औं मगर दिवस कार्यक्रममा संस्थाले मानार्थ सदस्य (छुट) प्रदान गरेको थियो ।
कार्यक्रममा बोल्नुहुदै सम्पुर्ण एरिया समितिकातर्फ बाट सनैया “ए“ एरिया समितिका सचीव रेशम आले मगर, नेपाली कला केन्द्रका महासचिव बिरेन्द्र श्रेष्ठ, भरत सिंह बुढा मगर, सल्लाहकारहरु डि.एन मगर, भिम तरामु मगरहरुले उहाँको सिघ्र स्वास्थलाभको कामना सहित उहाँको प्रगतिको कामना गर्नु भएको थियो ।
मानार्थ सदस्य तथा कलाकार माइली माया वाइवाले कार्यक्रममा मन्तव्य राख्दै भन्नूभयो मगर संघ, कतार भौगोलिक दुरिबाट टाढा रहेपनि जुन सहयोग र सम्मान नेपाल मगर संघ, शाखा कतारले गरेको छ । यसको अगाडी आफ्नो योगदान अतिनै थोरै रहेको र यसरी नै यस संघलाई साथ दिईरहने प्रतिवद्धता गर्दै संम्पूर्ण कलाकार मित्रहरु तथा नेपालमगर संघ, शाखा कतार परिवारलाई धन्यवाद दिदै आफू जहाँ बसे पनि मगर संघ, कतारलाई कहिले नबिर्सने बताउनु भयो ।
अन्तमा,सभापति महेन्द्र थापा मगरले संस्थालाई दिएको योगदानको संस्थाले जहिले पनि सम्झिरहने छ । एउटा कुशल कलाकार तथा मानार्थ सदस्यलाई संस्थावाट बिदाइ गर्नु पर्दा यस संघले संधैभरी उहांको अभाव महशुस गरि रहनेछ । साथै उहाँको सिघ्र स्वस्थ्यलाभको कामना साथै आगामी दिनहरु अझै प्रगतिशिल पथतिर लम्किरहोस भन्दै शुभकामनाको साथमा उहांको नेपाल वसाई सुखमय आनन्दमय रहोस् भन्दै अग्रेजी नयाँबर्ष २०१७ को शुभकामना सहित अन्तमा उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरु गत साउन २५ देखि निरन्तर आन्दोलनमा

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा तिब्र उतारचढाव आइरहेको छ । सोमबारको बजारमा प्रतितोला

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट