back
CTIZAN AD

उपकुलपति नियुक्तको निर्णय खारेज गर्न अखिल क्रान्तिकारीको माग

वि.सं.२०७७ असोज १२ सोमवार

693 

shares

१२ असोज, काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले हालै केही विश्वविद्यालयहरुमा भएको उपकुलपति नियुक्ति खारेज गर्न माग गरेको छ ।

प्रेस वक्तव्य जारी गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा सरकारले दलीय भागवण्डाका आधारमा उपकुलपति नियुक्त गरेकोप्रति विरोध जनाएका छन् ।

यूनियनले विश्वविद्यालयहरुमा उपकुलपतिलगायत पदाधिकारी नियुक्त गर्ने सवालमा प्राज्ञिक व्यक्तिहरुमध्येबाट स्वस्थ प्रतिस्पर्धाको आधारमा नियुक्त गर्नका लागि निरन्तर सरकारसमक्ष अपिल गर्दै आइरहेको स्मरण गराउँदै सरकारलाई उक्त निर्णयलाई अविलम्ब खारेज गर्न आग्रह गरेको छ ।

‘विश्वविद्यालय जस्तो गरिमामाय संस्थामा हुने यी र यस्ता नियुक्तिहरु नगर्नसमेत अपिल गर्दै प्राज्ञिक व्यक्तिहरुबाट स्वस्थ प्रतिस्पर्धाको आधारमा नियुक्त गर्नसमेत जोडदार माग गर्दछौं, विज्ञप्तिमा भनिएको छ । निर्णय नसच्याए सशक्त संघर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिइएको छ ।

वि.सं.२०७७ असोज १२ सोमवार २०:०५ मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...