back
CTIZAN AD

सावधान ! कपल च्यालेन्ज पोस्ट गर्दा आउन सक्छन् यस्ता समस्या

वि.सं.२०७७ असोज १२ सोमवार

882 

shares

पछिल्ला केही  दिन यता सामाजिक संजालमा ‘कपल च्यालेन्ज’ नामक एप भाइरल भइरहेको छ । मानिसहरुले एकअर्काको सिको गर्दै आफ्नो जोडिको फोटो सामाजिक संजालमा पोस्ट गर्दै ‘कपल च्यालेन्ज’ भनेर राखिरहेको जोडि फोटोमा सयौं लाइक र कमेन्टहरु पनि पाइरहेको देखिन्छ । तर, नेपालमा यसबाट उत्पन्न समस्याहरु सार्वजनिक रुपमा नआएको भए पनि भारतमा यसले समस्या ल्याएको भन्दैभारतका विभिन्न राज्यका प्रहरीहरुले नै यस्ता एपमा फोटो पोस्ट नगर्न सर्वसाधारणलाई साबधानी गराएका छन् ।

उनीहरुले यस्ता एपमा जोडिको फोटो पोस्ट गर्नभन्दा पहिले पटक–पटक सोच्न आग्रह गर्दै सचेत बनाएका हुन् ।

भारतीय संचारमाध्यमका अनुसार भारतभरीका साइबर विज्ञ तथा प्रहरीहरुले सावधान रहन अपिल गर्दै यसबारेमा केही समस्याहरु आएको भन्दै सचेत गराएका छन् ।

कपल च्यालेन्ज ह्यासट्यागसँगै मानिसहरु इन्स्टाग्राम, फेसबुक, ट्विटर लगायतका सामाजिक संजालमा लाखौं जोडिका फोटोहरु अपलोड गरिसकेका छन् ।

भारतीय प्रहरीका अनुसार यसरी पोस्ट गरिएका केही फोटोहरु गलत कामका लागि प्रयोजन भइरहेको पाईएको पनि बताइएको छ । जस्तै पोर्नोग्राफि, डीपफेक यात फेरि अन्य अपराधमा प्रयोग गरिएको पाइएको छ । भारतको पुनास्थित प्रहरीले आफ्नो कपलको फोटो पोस्ट गर्न भन्दा पहिले पटक–पटक सोच्न अनुरोध गरेको छन् भने अन्य राज्यका प्रहरीले पनि सर्वसाधारणलाई सचेत गराएका छन् ।

त्यस्तै केही प्रहरीले यो दावी पनि गरेका छन् कि, अश्लिल साइटमा फोटोहरु पोस्ट गरेका पनि पाईएको छ । पछिल्ला समय धेरै महिलाहरु डीप फेक र रिर्जव पोर्न जस्ता साइबर अपराधको सिकार बन्दै आएको पनि भारतीय प्रहरीको दावी छ । डीप फेक (आर्टिफिशियल इंटेलिजेंन्स (एआइ) को प्रयोग गरेर कम्प्युटरबाट फोटोहरुलाई भिडियो बनाइन्छ । अपराधिहरुले त्यस्ता व्यक्तिको अनुहार अन्य भिडियो या फोटोमा सुपरइम्पोज गर्न सक्ने पनि प्रहरीले जनाएको छ ।

२०१८ मा अमेरिकी राष्ट्रपति बाराक ओवामाकी पत्नी मिशेल ओवामाको एक फेक भिडियो आएको थियो । फेक एप्सको प्रयोगमार्फत् उनको अनुहार एक पोर्न स्टारको अनुहारमा जोडिएको थियो । भारतीय अभिनेत्रीहरुका धेरै भिडियो पनि यस्तो टेक्नोलोजीको प्रयोग गरेर अश्लिल साइटमा राखिएको पनि पाइएको थियो ।

फेक या इडिट गरिएको फोटो शोसल नेटवर्किङ वा डेटिङ साइटमा प्रयोग गरेर मानिसहरुलाई ब्यालकमेल गर्ने, रिसइवी साँध्ने लगायतका अपराधहरु हुँदै आएका छन् । व्यक्तिको अनुमति बिना उसको अश्लिल फोटो या भिडियो बनाउने र त्यसलाई इन्टरनेटमा पोस् गर्नुलाई नै रिर्जव पोर्न भनिन्छ । साइबर अपराधिहरु व्यक्तिलाई सताउनका लागि पनि यस्तो कार्य गर्ने गरेको बताइन्छ ।
ऐेजेन्सीको सहयोगमा जनचेतनाको लागि लिइएको हो ।

वि.सं.२०७७ असोज १२ सोमवार २०:५६ मा प्रकाशित

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

काठमाडौ । जाजरकोट निवासी स्वर्र्गीय रोशनी शाही ‘महिला दृष्टि’ मार्फत...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...