back
CTIZAN AD

धान छाडेर व्यवसायिक कागती खेतीतिर यी तीन नगरपालिकाका किसान

वि.सं.२०७७ असोज १५ बिहीवार

1K 

shares

१५ असोज, कावासोती । धान खेतीभन्दा राम्रो आम्दानी हुने भएपछि यहाँका किसान व्यावसायिक कागती खेतीतर्फ आकर्षित भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपुरको मध्यविन्दु नगरपालिकाका किसान अहिले कागती खेतीतर्फ लागेका हुन् । यसमा धानखेतीभन्दा राम्रो आम्दानी हुने र श्रम पनि कम लाग्ने तिनको भनाइ छ ।

गत वर्षसम्मको धानखेतमा अहिले आफूले कागती लगाएको मध्यविन्दु नगरपालिका -१५, भिउरानकी सीता भट्टराईले बताए । ‘धानखेती गर्दा लाग्ने समय र मेहनतभन्दा कागती खेतीमा कम समय र मेहनतमा नै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने भएपछि अहिले १२ कठ्ठा जग्गामा कागती खेती शुरु गरेको छु’ , भट्टराईले भने ।

कागती खेती शुरु गर्दा शुरुमा उनले रु एक लाख ५० हजार लगानी गरे । समयसमयमा गोडमेल र मल हालेपछि कागती खेतीमा खासै मेहनत गर्न नपर्ने र एक पटक लगानी गरेपछि पटकपटक धेरै लगानी गर्न नपर्ने हुँदा आम्दानी धेरै हुने उनले बताए ।

कागती उत्पादनपछि बजारको अहिलेसम्म कुनै समस्या नभएको मध्यविन्दुका दुर्गा पाण्डे बताउँछन् । ‘बजारको पनि अहिलेसम्म कुनै समस्या भएको छैन, व्यापारी बगैंँचामा आएरै लान्छन्’, पाण्डेले भन्छन् ‘स्थानीय बजारमा समेत बिक्री हुन्छ ।’ नवलपुरको कावासोती, नारायणगढ, बुटवल, पोखरा,काठमाडौँ लगायत शहरमा उत्पादन भएका कागती निर्यात हुने गरेको पाण्डे बताउँछन् ।

मध्यविन्दु नगरपालिकासँगै नवलपुरका अन्य स्थानीय तहमा समेत अहिले किसान कागती खेतीतर्फ आकर्षित हुन थालेका छन् । एक पटक लगानी गरेपछि कम मेहनतमा व्यवस्थापन राम्रो गर्ने हो भने २० देखि ३० वर्षसम्म आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित हुन थालेको प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना कार्यान्वयन एकाइ नवलपुरका प्रमुख विष्णुप्रसाद शर्माले बताए ।

जिल्लामा सुन्तला जात फलफूल जोन कार्यक्रमसमेत सञ्चालनमा छ । सो कार्यक्रमबाट मात्रै यस वर्ष १५ हजार कागतीका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । गत वर्ष पनि यही सङ्ख्याका हाराहारीमा कागतीको बिरुवा वितरण गरिएको प्रमुख शर्मा बताउँछन् । सो कार्यक्रममार्फत यहाँ बुलिङ्टार, बौदिकाली, गैँडाकोट, हुप्सेकोट र मध्यविन्दुमा जोन कार्यक्रम सञ्चालित छ । यहाँ तल्लो भेगमा सुनकागती १, २ र पहाडमा तेह्रथुम स्थानीय जातको कागती लगाउने गरिएको छ । जिल्लामा करीब दुई सय हेक्टर क्षेत्रफलमा व्यावसायिक कागती खेती हुने गरेको प्रमुख शर्माले बताए । एक बोटबाट मात्रै एक याममा रु पाँच हजारसम्म आम्दानी लिन सकिने जनाइएको छ ।

वि.सं.२०७७ असोज १५ बिहीवार ०७:३९ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...

दुई जनाको मृत्यु

दुई जनाको मृत्यु

बागमती । हेटौँडा उपमहानगरपालिका–१ चौकी टोलमा श्रीमान्को कुटपिटबाट एक महिलाको...