back
CTIZAN AD

मन्त्रालय बढाए विरोधमा उत्रिने कांग्रेस नेता पौडेलको चेतावनी

वि.सं.२०७७ असोज १५ बिहीवार

837 

shares

काठमाडौं । सरकारले मन्त्रालय बढाउने करसर गरिरहेकोप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोध जनाएका छन् । मन्त्रालय बढाए आफ्नो पार्टी विरोधमा उत्रने चेतावनी दिए ।

कर्मचारीको पेन्सनसमेत धान्न नसक्ने राज्यको अवस्थामा मन्त्रालय बढाएर खर्च बढाउनु गलत भएको पौडेलको भनाई छ । उनले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्, ‘कर्मचारीको पेन्सन धान्न नसक्ने भैसकेको अवस्था छ । जनतालाई सर्बसुलभ स्वास्थ्य सुबिधा दिन नसकिरहेको अवस्थामा फेरी मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर विरोधमा हामी उत्रने छौं ।’

कम्युनिष्ट सरकारले अनावश्यक भर्तीकेन्द्र खोली ठूलो बजेट सकिरहेको पौडेलको आरोप छ । नयाँ संविधानले समेत अन्त गरेको मन्त्रालय थप्ने, मन्त्री पद बाँड्ने काम सरकारले गर्न खोज्नु गलत भएको पौडेलको भनाई छ ।

‘देशलाई भारमात्र पर्ने गरी प्रधानमन्त्रीले आफ्नो सुविधाको लागि मन्त्रालयहरु फुटाएर मन्त्रालय थप्ने, मन्त्री पद बाँड्ने गैर जिम्मेवार प्रवृत्तिलाई नयाँ संविधानले अन्त गर्न खोजेको हो’, पौडेलले सामाजिक सञ्जालमा भनेका छन्, ‘देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्तीकेन्द्र खोली बिना दरबन्दी मान्छे भर्ने चलन कम्युनिष्टले चलाएका छन् ।’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केहि मन्त्रालय फुटाएर मन्त्रिपरिषद पुनर्गठनको तयारी थालेको छ । पार्टीभित्रको अन्तरविरोध हल गर्ने उपायस्वरुप थालिएको यस कदमले भने राज्यको ठूलो खर्चभार बढाउनेछ । जसको चौतर्फी विरोध सुरु भएको छ ।

वि.सं.२०७७ असोज १५ बिहीवार ११:३२ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...