१५ असोज, काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सहायकरथीबाट बढुवा भएका शरदलाल श्रेष्ठलाई उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन्।
सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले उपरथी श्रेष्ठलाई दज्र्यानी चिह्न लगाइदिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
मन्त्रिपरिषद्को यही असोज १२ गतेको बैठकले उनलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । प्राविधिक उपरथी श्रेष्ठलाई जङ्गी अड्डाले इन्जिनीयरिङ विभागको प्रमुखको जिम्मेवारी दिएको छ ।
वि.सं.२०७७ असोज १५ बिहीवार १९:३८ मा प्रकाशित





























