back
CTIZAN AD

कांग्रेसभित्रको नयाँ राजनीति, देउवा र पौडेलकाे भन्दा निधिको चर्चा बढि

वि.सं.२०७७ असोज १६ शुक्रवार

741 

shares

काठमाडौं । नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ । महाधिवेशनको राफतापले कांग्रेसभित्रका गुट उपगुटहरुको सक्रियता ह्वात्तै बढाएको छ । नेताहरुले विभिन्न पदमा आ–आफ्नो दाबी प्रस्तुत गर्दै पनि लविङ सुरु गरेका छन् ।

आउँदै गरेको महाधिवेशनको लागि कांग्रेसभित्र दर्जनौंले सभापतिमा आकांक्षा देखाएका छन् । मुख्य देखिएका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला बाहेक पनि नयाँ आकांक्षी देखिएका छन् । जसले कांग्रेसभित्र नयाँ बहस सिर्जना गराएको छ ।

चर्चामा अगाडि निधि

कांग्रेसभित्र सभापति देउवाको गुट बलियो छ । तर, यसबीच सभापति देउवा गुटकै पार्टी उपसभापति विमलेन्द्र निधिले सभापतिमा आफ्नो दाबेदारी प्रस्तुत गरेसँगै कांग्रेसभित्र नयाँ बहस सिर्जना भएको छ ।

नेता निधिले दाबेदारी प्रस्तुत गरेसँगै एकातर्फ सभापति देउवा समस्यामा परेका छन् भने अर्कोतर्फ अन्य गुटका युवा नेताहरु पनि निधिको पक्षमा देखिएका छन् । निधिप्रति युवा नेताहरुको आकर्षणले सबै गुटहरुमा नयाँ तरंग उत्पन्न भएको छ ।

नयाँ समिकरणको खाका बन्दै

कांग्रेस निकट स्रोतले जनाएअनुसार निधिको दाबेदारीसँगै कांग्रेसभित्र नयाँ समिकरण सिर्जना भएको छ । जसको नेतृत्वमा निधि, त्यसपछि सिटौला र गगन थापा हुनेछन् । जसबारे मोटामोटी छलफलसमेत भईसकेको छ ।

सभापतिका अर्का दाबेदार मानिएका कृष्ण सिटौला निधिलाई सहयोग गर्ने गरि नयाँ समिकरणमा निर्माणमा जुटेका छन् । जनाइएअनुसार विमलेन्द्र निधिलाई सभापतिमा समर्थन गर्दै गगन थापालाई महामन्त्री बनाउने गरि नेताहरुबीच छलफल चलेको छ ।

सिटौलासँगको छलफलपश्चात निधिले युवा नेताहरुलाई साथ लिएर नयाँ रणनीति बनाउन थालेका छन् । जनाइएअनुसार देउवा र पौडेल पक्षका अधिकांश युवाहरुलाई पनि नयाँ समिकरणमा ल्याउने गरि तयारी भएको छ ।

जनाइएअनुसार निधिले नयाँ समिकरणको टुंगो लागेपश्चात नै उम्मेदावारी घोषणा गर्नेछन् । उनले लिखित रुपमा युवा नेताहरुको समर्थनपश्चात उम्मेदवारी दिनेछन् ।

नयाँ समिकरणले सबै गुटमा विभाजन

देउवा समुहका मानिने निधिको उपस्थितिले कांग्रेसभित्रका सबै गुटहरुमा विभाजन आउने देखिएको छ । मुख्यतः देउवा गुट र त्यसपछिको पौडेल गुटमा विभाजन हुनेछ ।

पौडेल समुहमा यसैपनि आधा दर्जन नेता सभापतिको आकांक्षी छन् । पौडेलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला, नेता डा. शेखर कोइराला र अर्का नेता अर्जुनरसिंह केसीले पनि सभापतिमा आ–आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । दाजुभाई शशांक र शेखरले पार्टीको मुख्य संस्थापन समुह भनेर आफुँलाई प्रचार गरिरहेका छन् ।

आधा दर्जन नेता र दाजुभाई कोइरालाबीच भएको यस्तो दाबेदारीले पौडेल गुट यसैपनि विभाजित छ । जसमा निधिको उपस्थितिले केहि नेता आर्कषित हुने सम्भावना बढाएको देखिन्छ ।

गणतन्त्रवादी एक हुने अवसर

नेपाली कांग्रेसभित्र सबैभन्दा पहिला गणतन्त्र र धर्मनिरपेक्षताको वकालत नरहरी आचार्य, गगन थापा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलगायतले गरेका थिए । तर, गणतन्त्रवादी यो समुह भने अहिले छिन्नभिन्न छ ।

यो समुहका मुख्य प्रवक्ताजस्ता मानिने नरहरि आर्चाय अस्वस्थ भएसँगै राजनीतिमा सक्रिय छैनन् । तर, सक्रिय अन्य नेताहरु एकाकार छैनन् ।

निधि र सिटौलाबीचको सहमतीसँगै कांग्रेसभित्रको गणतन्त्रवादी समुहको पुनः एकाकार हुने स्थिति देखिएको छ । निधि र सिटौलाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहमती गर्न सकेमा कांग्रेसभित्रको सबैभन्दा मजबुद र दरिलो समिकरण बन्ने देखिन्छ ।

वि.सं.२०७७ असोज १६ शुक्रवार १४:५९ मा प्रकाशित

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा...

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

काठमाडौँ । सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि...

राष्ट्रियसभा बैठक सुरु

राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुुरु भएको छ । सभाको आजको...

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...