back
CTIZAN AD

युवालाई रोजगारी दिएर गाउँमै रोक्ने योजना बनाउँदै महाबु गाउँपालिका

वि.सं.२०७७ असोज १६ शुक्रवार

825 

shares

१६ असोज, दैलेख । दैलेखको महाबु गाउँपालिकाले कोरोना महामारीका वेला गाउँ फर्किएका युवालाई गाउँमै रोक्न रोजगारी सिर्जना गर्ने अभियानमा जुटेको छ ।

यसका लागि गाउँपालिकाले रोजगारी सिर्जना गर्ने योजनासमेत बनाएको छ । कोरोना महामारीका वेला दुई हजार सात सय युवा गाउँ फर्किएका छन् । चालु आर्थिक वर्षमा सञ्चालन गर्ने सबै विकास गतिविधिमा ठूला मेसिनको प्रयोग बन्द गर्ने र विकास निर्माणका काममा सम्बन्धित गाउँकै युवाको समिति बनाएर काममा लगाउनेजस्ता योजना बनाइएको गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाहीले बताए ।

“कृषि, पशुपालनसँगै गाउँ र वडामा हुने सबै विकास निर्माणका काममा अनिवार्य रूपमा युवालाई परिचालन गर्ने रणनीति बनाएर काम शुरु गरेका छौँ”, उनले भने, “गाउँपालिकाले नीति बनाएर अध्यक्ष रोजगार कार्यक्रमसँगै प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममा युवा परिचालन गरेर गाउँमै रोक्ने तयारी थालेको छ ।”

यो गाउँपालिकामा कोरोना सङ्क्रमण कम देखिएकाले दसैँ र तिहारकै वेलामा युवालाई विभिन्न रोजगारीका काम दिएर आम्दानीका स्रोत व्यवस्थापन गर्ने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले जानकारी दिए । यस्ता रोजगारमूलक कार्यक्रममार्फत गरिब तथा विपन्न वर्गको जीवनस्तर फेरिने अपेक्षा गाउँपालिकाले लिएको उनको भनाइ छ ।

कोरोना व्यवस्थापनमा रु दुई करोड ७६ लाख खर्च
कोरोना भाइरस नियन्त्रणका लागि रु दुई करोड ७६ लाख खर्च भएको महाबु गाउँपालिकाले जनाएको छ । क्वारेन्टिन व्यवस्थापन, खाना खर्च, सामग्री खरिद, औषधि खरिदलगायत विभिन्न शीर्षकमा रु दुई करोड ७६ लाख रकम खर्च भएको हो ।

स्वास्थ्य शाखा प्रमुख रमेश दशौदीले विदेशबाट आएका युवालाई ल्याउनका लागि मात्रै यातायात व्यवस्थापनमा रु ३६ लाख खर्च भएको बताए । भारत, तेस्रो मुलुक र नेपालकै अन्य जिल्लामा कामको खोजीमा गएका दुई हजार सात सयभन्दा बढी नागरिक कोरोना महामारीको समयमा गाउँपालिकामा आएको उनले बताए ।

विभिन्न शीर्षकमा भएको खर्च रकममध्ये पूरै भुक्तानी दिन नसकिएको र केही रकम उधारो रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मल्लले जानकारी दिए । गाउँपालिकाले उपचार सेवा प्रभावकारी बनाउन गाउँपालिकामै रु २५ लाखको अत्याधुनिक आइसोलेसन अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमण मात्र नभएर अन्य बिरामीका लागि पनि अस्पताल प्रयोगमा आएको अध्यक्ष शाहीको भनाइ छ ।

वि.सं.२०७७ असोज १६ शुक्रवार १८:३५ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...