१७ असोज, काठमाडौँ । आईपिएलमा आज दुई खेल हुन गईरहेका छन् । पहिलो खेल रोयल च्यालेन्जर्स बेङ्गलोर र राजिस्थान रोयल्स भिड्ने छन् भने दोस्रो खेलमा दिल्ली क्यापिट्ल्स र कोलकत्ता नाईट राइडर्स भिड्ने छन् ।
बेङ्गलोर र राजिस्थानबिचको खेल दिउँसो ३ः ४५ बाट सुरु हुने छ । बेङ्गलोर र राजिस्थान दवै टिमले ३ खेल खेल्दा २ मा जित र १ मा हारेको सामना गरेका छन् । दुवै टिमले अकं तालिकामा ४ अकं जोडेको भएता पनि नेट रन रेटका आधारमा राजिस्थान चौँथो र बेङ्गलोर पाँचौ स्थानमा रहेको छ ।
बेङ्गलोरको सम्भावित प्लेइङ्ग
इलेवन एरण फिंच, देवदत्त पाडीकल, विराट कोहली, एबी डि भिलियर्स, जोस फिलिप, शिवम दुबे, वाशिंगटन सुन्दर, ईसरु उदान, नवदीप सैनी, मोहम्मद सिराज, युजवेन्द्र चाहल रहेका छन् ।
राजिस्थानको सम्भावित प्लेइङ्ग
इलेवन स्टीवन स्मिथ, जस बटलर, संजु श्यामशन, रोबिन उथप्पा, टम करण, रियान पराग, राहुल तेवाटिया, श्रेयर गोपाल, जोफ्रा आर्चर, जयदेव उनाडकट, अंकित राजपुत राति हुने दिल्ली र कोलकत्ता बिचको खेल ७ः४५ बाट सुरु हुनेछ ।
सन्दिप आवद्ध दिल्ली ३ खेलबाट ४ अकं जोड्दैँ अकं तालिकाको दोस्रो स्थानमा रहेको छ भने कोलकत्ता पनि ४ अकं सहित तेस्रो स्थानमा रहेको छ । लगातार ३ खेलसम्म टिममा नपरेका सन्दीप लामिछाने यस खेलमा पनि प्लेइग इलेवन बाहिरै रहने सम्भावना उच्च रहेको छ । प्लेइङ्ग इलेवनमा परेका ४ विदेशी खेलाडीहरुले लगातार ३ खेलमै उत्कृष्ट प्रदर्शन गरेको हुनाले सन्दीपको सम्भावना कम भएको हो ।
दिल्लीको सम्भावित प्लेइङ्ग
इलेवन शिखर धवन, पृथ्वी शह, श्रेयर अय्यर, रिषभ पंत, शिमरोन हेटमायर, मार्कस स्टोइनिस, अक्सर पटेल, अमित मिश्रा, कागिसो रबाडा,एनरिच नोत्र्जे, ईशांत शर्मा छन् ।
कोलकत्ताको सम्भावित प्लेइङ्ग
इलेवन सुनिल नारायण, शुभनम गिल, नीतीश राणा,इयोन र्मोगन, आन्द्रे रसल, दिनेश कार्तिक, प्याट कमिन्स, कुलदिप यादव, कमलेश नगरकोटी, शिवम मावी, प्रसिद कृष्ण छन् ।
वि.सं.२०७७ असोज १७ शनिवार ०७:१३ मा प्रकाशित






























