१६ असोज, काठमाडौँ । बुटवलबाट दाङमा राजधानी सर्ने भएपछि प्रदेश ५ ले दाङ लमहीमा जग्गा किनबेच रोक्का गरेको छ।
मुख्य मन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जग्गा रोक्का गरिएको सूचना जारी गरेको हो ।
प्रदेश नं ५ को मन्त्रीपरिषद्को शुक्रबारको निर्णय अनुसार प्रदेशको स्थायी राजधानी र प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रदेश सभामा प्रस्तुत गरेकोले अर्को आदेश नभएसम्मका लागि पालिकाहरुको जग्गा किनबेच र कित्ताकाट गर्न रोक्का गरिएको जनाइएको छ ।
जसअनुसार दाङ जिल्लाको रामी गाउँपालिका पुरै, गडवा गाउँपालिकाको वडा नं १,२,३ को जग्गा रोक्का गरिएको छ ।
त्यस्तै अर्घाखाँची जिल्लाको शिलगंगा नगरपालिकाको वडा नं ८ र ९ भित्रको जग्गाको किनबेच र कित्ताकाट पनि रोक्का गरिएको छ ।

वि.सं.२०७७ असोज १६ शुक्रवार २१:४७ मा प्रकाशित




























