back
CTIZAN AD

नेपाल प्रजातान्त्रिक महासंघ युवा तथा खेलकुद विभाग संयोजकमा तिवारी

वि.सं.२०७७ असोज १६ शुक्रवार

975 

shares

१६ असोज, काठमाडौं । नेपाल प्रजातान्त्रिक महासंघका केन्द्रीय सदस्य रामचन्द्र तिवारी नेपाली काङ्ग्रेसको नेपाल प्रजातान्त्रिक महासंघको केन्द्रीय समितीबाट गठित युवा तथा खेलकुद बिभागको केन्द्रीय संयोजकको रुपमा मनोनित भएका छन।

युवा तथा खेलकुद बिभागका संयोजक तिवारी पर्बत जिल्ला पैयुं गाउंपालिका वडा नं ६ का स्थायी बासिन्दा हुन् । उनी पर्बत जिल्ला पैयुं गाउंपालिका वडा नं ६ का वडाध्यक्ष्य थानेश्वर तिवारीका छोरा हुन।  नेपाल विद्यार्थी संघको स्कुल, क्याम्पसको अध्यक्ष, स्वबियु सभापती हुँदै नेपाली काङ्ग्रेसको राजनितीमा वडास्तर देखि जिल्ला तथा प्रदेश केन्द्र स्तरसम्म आफ्नो प्रभुत्व जमाइसकेका उनी नेपाली काङ्ग्रेसका कुशल युवा नेतामा गनिन्छन्।

देशमा प्रजातन्त्रको महसुस गराउन प्रजातान्त्रिक शक्ति बलियो हुनुपर्छ, यसको लागि नेपाली काङ्ग्रेस बलियो हुनुपर्छ, नेपाली काङ्ग्रेस बलियो हुंदा समग्र देश बलियो हुने बताउँदै तिवारीले महासंघमा आंफुलाई मनोनित गर्ने केन्द्रीय समितीलाई हार्दिक आभार ब्यक्त गरेका छन् ।

नेपालको संविधान अनुसार ७ प्रदेश , ७७ जिल्लामा बुद्धिजीवी, विभिन्न पेशा ब्यबसाय, उधोग, कम्पनी, बैंक बित्तीय संस्था, बिमा, सहकारी, हाइड्रोपावर, ईन्भेस्मेन्ट कम्पनी, सामाजिक अभियान्ता, अधिकारकर्मी, नेपाल सरकारका सेवा निविर्त रिटायर बिशिस्ट अधिकृतहरु, उधोग बाणिज्य क्षेत्रमा सम्लग्न उधोगपती, ब्यापारी, पेशा ब्यबसायिहरुले गठन गरिएका नेपाल प्रजातान्त्रिक समाज, नेपाल लोकतान्त्रिक ईन्भेस्टर फोरम, लोकतन्त्र अध्ययन तथा अनुसन्धान केन्द्र, नेपाल लोकतान्त्रिक बुद्धिजीवी परिषद, नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ, नेपाल प्रजातान्त्रिक संघ, गण्डकी काठमाडौं समन्वय समिति आदि लगायत छुट्टाछुट्टै संचालित संघ, संस्था, समिति मिलेर २०७६ सालमा बनेको एकीकृत संस्था “नेपाल प्रजातान्त्रिक महासंघ ” रहेको छ । महासंघमा हाल १२ संस्था समितिहरु आबद्ध रहेका छन् ।

आगामी दिनमा महासंघ नेपाली कांग्रेस पार्टीका सिद्धान्त , कार्यक्रमलाई अगाडि बढयाउने गरि सातै प्रदेश हरुमा प्रदेश तदर्थ समितिहरु, ७७ जिल्लामा नेपाल प्रजातान्त्रिक महासंघ जिल्ला तदर्थ समितिहरु रहने गरि अगाडि बढयाईएको संस्था “नेपाल प्रजातान्त्रिक महासंघ” ले बैचारिक, सामाजिक, सास्कृतिक कार्यक्रमहरु संचालन गर्दै आएको छ। बहुविषयहरु भएका विषयगत संघ, संस्था, समितिको छाता संस्थाको रुपमा रहि नेपाल प्रजातान्त्रिक महासंघले कार्यक्रमहरु अगाडि बढाउने बताइएको छ।
महासंघका बर्तमान केन्द्रिय पदाधिकारिहरु:
१) अध्यक्ष : गोविन्द प्रसाद शर्मा
२) महासचिव : भक्त राज भुसाल
३) कोषाध्यक्ष:यज्ञश्वर पोख्रेल
४) प्रबक्ता : कमल राज अधिकारी
५) केन्द्रिय सदस्यहरु : सातै प्रदेशबाट जम्मा ४५ सदस्यीय केन्द्रिय समिति रहेकोे छ ।
महासंघ को सल्लाहकार समिति केन्द्रमा जम्मा १५ सदस्यीय रहनेछ । प्रदेश र जिल्लामा समेत सल्लाहकार समिति रहनेछ ।
Fedcon Nepal, केन्द्रिय समिति काठमाडौं नेपाल, Fedcon Nepal  अन्तरगत १२ विषयगत समिति, ७ प्रदेश समिति, ७७ जिल्ला समिति रहनेछन । हालका ७ वटा प्रदेशमा प्रदेश तदर्थ कार्यसमिति गठन भैसकेका छन् ।

जिल्ला हरुमा जिल्लास्तरीय तदर्थ कार्यसमितिहरु ७७ जिल्लामा हुनेछन् । जिल्ला समितिमा प्रत्येक नगर पालिकारगाउँ पालिका बाट १ जना जिल्ला सदस्य रहनेछन । जिल्ला सदस्य पालिका हेर्ने गरि पालिका समन्वय समिति संयोजक रहने र पालिकामा समिति बिस्तार हुनेछ बताइएको छ ।

Fedcon को केन्द्रमा १२ विषयगत समितिहरु गठन भै सकेका छन् । नेपाली कांग्रेस पार्टीको शुभेच्छुक संस्थाका रूपमा रहेर लोकतन्त्र सम्बन्धि अध्ययन,अनुसन्धान, प्रशिक्षण, गोष्ठी, संगठन निर्माण आदि गर्दै नेपाली कांग्रेसलाई सहयोग गर्ने बैचारिक सुभेच्छुक संस्था रहेर कार्य गर्ने महासंघको मुख्य उद्देश्य रहेको जानकारी गराईन्छ ।

महासंघले हाल ७७ जिल्लामा “नेपाल प्रजातान्त्रिक महासंघ ” तदर्थ समिति गठन गरिसकेको छ । महासंघमा प्रदेश प्रतिनिधि , जिल्ला प्रतिनिधि सदस्य, आजिवन सदस्य , अध्यक्षले मनोनीत गर्ने प्रतिनिधिहरु समेत अधिबेशन केन्द्रिय प्रतिनिधिहरु रहने व्यवस्था छ ।
नेपाल प्रजातान्त्रिक महासंघ (Fedcon )  प्रदेश समिति संयोजकहरु : प्रदेश नम्बर
१) निखिल पोख्रेल
२) शम्भु नाथ यादव
३) भक्त राज भुसाल
४) भरत राज शर्मा
५) चित्र ब के सि
६) गोविन्द ब मल्ल
७) गोविन्द राम परियार
– महासंघको ४५ सदस्यीय केन्द्रिय तदर्थ कार्यसमिति रहेको छ।
– प्रदेश समिति २१ देखि ३१ सदस्यीय रहेको छ।
– जिल्ला समिति प्रत्येक पालिका को प्रतिनिधित्व हुने गरि १५ देखि २९ सदस्यीय सम्म हुनेछ ।
– विषयगत समिति १५ देखि २५ सदस्यीय सम्म रहेका छन् ।
महासंघको गठन भएका बिभाग:
१) संगठन बिभाग संयोजक भक्त राज भुसाल
२) निति तथा प्रशिक्षण बिभाग संयोजक भरत राज शर्मा
३) प्रदेश जिल्ला समन्वय बिभाग संयोजक चित्र ब के सि
४) सामाजिक संस्था समन्वय बिभाग संयोजक बुद्धिमान गौडेल
५) आर्थिक बिभाग संयोजक योगेश्वर पोख्रेल
६) सूचना तथा प्रचार बिभाग संयोजक रोजी ढकाल पराजुली
७) युवा तथा खेलकुद बिभाग संयोजक रामचन्द्र तिवारी

वि.सं.२०७७ असोज १६ शुक्रवार २१:२५ मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...