back
CTIZAN AD

तपाईको आज (शनिबार) को राशिफल भन्छ आज यी राशिकाले दिनुपर्नेछ विशेष ध्यान

वि.सं.२०७७ असोज १७ शनिवार

747 

shares

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । खर्च लागे पनि दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ । अरूका विषयमा चासो लिँदा आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला । खानपान र भोगविलासमा मन रमाउनेछ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । व्यवहार चलाउन कर्जाको रकम जुटाउनुपर्ने हुन सक्छ । आवश्यकताका वस्तु जुटाउन समय लाग्नेछ । मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा व्यवसायमा फाइदा हुनेछ । भौतिक साधनहरू संग्रह हुनेछन् । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । भविष्यका लागि रुचिका विषयमा लगानी बढाउन सकिनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन् । आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन् । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ । तापनि, गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनुपर्ने समय छ । व्यस्तता बढ्नेछ भने स्वास्थ्य समस्याले कमजोरी अनुभूति हुनेछ । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ । परिस्थितिको चक्रमा अलमलिनुपर्ला । खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ । आम्दानीका स्रोत भने कमजोर बन्नेछन् ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
छोटो समयमा फाइदा उठाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ । प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ । अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त भइरहनेछ । भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम गर्न सकिनेछ ।

बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ । आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ । प्रतिकूल परिस्थितिका बाबजुद लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने उपलब्धि जोगाउन सफल भइनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अवसर आए पनि फाइदा उठाउन केही चुनौतीहरूसँग जुध्नुपर्नेछ । प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ । सहयोगीहरूले साथ दिनेछन् तर प्रगतिमा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । तापनि अवसरले उत्साह जगाउनेछ। रोकिएको अध्ययन पूरा हुनेछ । समस्या सुल्झाउन गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ । मिहिनेतले काम बनाउन सकिनेछ ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
फाइदा मात्र हेर्दा आलोचित भइनेछ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ । परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ । पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्नेछ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ । परिश्रम परे पनि समय फलदायी रहनेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुनेछ । साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ । आजको मिहिनेतले भविष्यमा फाइदा दिनेछ । अर्थ अभाव भए पनि तत्कालको खाँचो टर्नेछ । बोलीको प्रभावले काम बन्नेछ ।

वि.सं. २०७७ असोज १७ शनिवार (इ.स. २०२० अक्टोबर ३) 
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज शुक्रबारको राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?

वि.सं.२०७७ असोज १७ शनिवार ०७:३१ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...