काठमाडौं । न्यायाधीश र केही कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै सर्वोच्च अदालतले एक इजलासबाहेका अन्य सुनुवाई स्थगित गरेको छ । सर्वौच्चले आइतबार एक सूचना प्रकाशित गर्दै पूर्वनिर्धारित पेसी स्थगित गरिएको जनाएको हो ।
शनिबार एक न्यायाधीशसहित केही कर्मचारीमा संक्रमण पुष्टि भएको थियो।
प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस अदालतका माननीय न्यायाधीशज्यूलगायत केही अधिकृत र कर्मचारीहरु कोरोना भाइरसबाट संक्रमित हुनुभएको र संक्रमित एवं त्यसबाट प्रभावित माननीय न्यायाधीशज्यूहरु तथा कर्मचारीहरु होम क्वारेन्टिन/सेल्फ आइसोलेसनमा रहनुभएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिएको छ।’
आइतबार न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासमात्र तोकिएको छ।
वि.सं.२०७७ असोज १८ आइतवार ११:३६ मा प्रकाशित






























