back
CTIZAN AD

तीब्र बढ्दै कोरोना : चीनलाई पनि उछिन्यो नेपालले

वि.सं.२०७७ असोज १८ आइतवार

702 

shares

१८ असोज, काठमाडौँ । कोरोना भाइरसको उत्पत्ति देश चीनलाई नेपालले उछिनेको छ । आज २२ सय ५३ संक्रमित थपिएपछि नेपालले चीनलाई उछिनेको हो ।

चीनमा संक्रमितको संख्या ८५ हजार ४५० रहेको छ भने ८६ हजार ८२३ रहेको छ । वोल्डोमिटरको तथ्याङ्क अनुसार संक्रमित देशमा नेपाल ४४ स्थानमा छ भने चीन ४५ औँ स्थानमा छ । मृत्यु हुनेको संख्यामा भने नेपालमा चीनभन्दा धेरै कम छ । चीनमा ४६ सय ३४ जनाले ज्यान गुमाएका छन् भने नेपालमा ५३५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

चीनको हुनान प्रान्तको वुहानबाट सन् २०१९ को डिसेम्बरमा देखिएको कोरोना भाइरस अहिले विश्वभर फैलिएको छ । अहिले २१४ देशमा कोरोना भाइरसको संक्रमण रहेको छ । कोरोनाका कारण विश्वभर ३,५१,९१,१४१ जना संक्रमित बनेका छन् भने १०,३८,८९७ जनाले ज्यान गुमाइसकेका छन् । २,६१,७३,३२९ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो दिनमा चीनले कोरोना भाइरस नियन्त्रण गरिसकेको छ भने भारतमा संक्रमितको संख्या तीब्र रुपमा बढेको छ ।

वि.सं.२०७७ असोज १८ आइतवार १९:११ मा प्रकाशित

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्ष पद रिक्त भएको छ...

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...