काठमाडौं – महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको बताएको छ ।
गत चैत्रदेखि सामाजिक सुरक्षा भत्तामा कटौति भएको भनि राष्ट्रिय अपांग महासँघले दिएको निवेदनको सन्दर्भमा स्पष्ट पार्दै मन्त्रालयले गृहलाई कुनै पनि सामाजिक सुरक्षा भत्ता कटौति नभएको जनाएको छ ।
गृह मन्त्रालयलाई पत्र लेख्दै ‘आ.व. ०७७/०७८ को बजेट वक्तव्यमा समेत हालसम्म दिइदै आएका सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने भन्ने उल्लेख भएकोले सबै प्रकारका सामाजिक सुरक्षा भत्ताको निरन्तरता हुने व्यवस्थाको लागि उक्त निवेदनको छायाँप्रति यसैसाथ संलग्न गरि तँहा पठाइएको व्यहोरा आदेश अनुासार अनुरोध गर्दछु,’ भनिएको छ ।
वि.सं.२०७७ असोज १८ आइतवार १८:३१ मा प्रकाशित






























