१९ असोज, काठमाण्डौं । नेपालमा सोमबार ( असोज -१९ ) सम्म पिसीआर प्रविधिबाट १० लाख ८८ हजार २२९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १३,७८१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित २३ हजार ५०७ रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ११,१९१ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा १२,३१६ जना रहेका छन् ।
हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ४,०३३ रहेको छ ।
आज थपिएका २४४० जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ भने आज निको भएर ११३३ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ६५ हजार २०२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आज थपिएका १९ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा २४४ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ३० जना, प्रदेश २ मा १७ जना, बागमती प्रदेशमा १२४ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं ५ मा ४७, कर्णाली प्रदेशमा १६ जना र सुदूरपश्चिम प्रदेशमा ४ जना गरी जम्मा २४४ रहेका छन् ।
त्यसैगरी प्रदेश १ मा ४ जना, प्रदेश २ मा २, बागमती प्रदेशमा ३१ जना, प्रदेश ५ मा ६ जना गरी जम्मा ४३ जना देशैभरीका विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
त्यसैगरी ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही गरी ८ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएकामा मनाङ, मुस्ताङ, रुकुमपुर्व र डोल्पा गरी ४ जिल्ला रहेका छन् ।
आज काठमाडौं उपत्यकाका १५३१ सहित २४४० जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका १५३१ जनासहित देशैभरी २४४० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना नयाँ संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा ५, इलाममा १, ओखलढुंगामा ३, खोटाङमा ३, झापामा ८, तेह्रथुममा १, धनकुटामा १, मोरङमा ५५, संखुवासभामा १ र सुनसरीमा १२२ जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा १, पर्सामा ८, बारामा ८, महोत्तरीमा २, रौतहटमा ८४, सप्तरीमा ५, सर्लाहीमा ९ र सिराहामा ६ जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा ११७८, काभ्रेपलान्चोकमा ३६, चितवनमा १०३, दोलखामा १, धादिङमा १२, नुवाकोटमा १०, भक्तपुरमा १०३, मकवानपुरमा १५, रामेछापमा १२, ललितपुरमा २५०, सिन्धुपाल्चोकमा ५ र सिन्धुलीमा २ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा ३६, गोरखामा १७, तनहुँमा १०, नवलपरासीपुर्वमा ६६, पर्वतमा ३, लमजुङमा २, बाग्लुङमा १८ र स्याङजामा ४ जना संक्रमित थपिएका छन् ।
त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा १३, कपिलवस्तुमा ८, गुल्मीमा १७ दाङमा ६, नवलपरासीमा ५, पाल्पामा ६, प्युठानमा ५, बर्दियामा ८, बाँकेमा २२ र रुपन्देहीमा ५८ जनामा संक्रमण पु्ष्टि भएको छ ।
कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा ३, रुकुम पश्चिम र सल्यानमा १÷१ .जना र सुर्खेतमा ३० जना संक्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेशको अछाममा, बझाङ र दार्चुलामा १\१ जना, कन्चनपुरमा ६, कैलालीमा ३३, डडेल्धुरामा २, डोटीान २, दार्चुलामा २, र बैतडीमा २ जना संक्रमित थपिएसँगै आज देशैभरी २४४० जना संक्रमित थपिएका छन् । उनीहरुमा ९३७ महिला र १५०३ जना पुरुष रहेका छन् ।
आज थपिएका २४४० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।
आज ११३३ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ६५ हजार नाघ्यो
१९ असोज, काठमाडौं । नेपालमा आज पनि ११३३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत तथा होम आइसोलेशनमा रहेका ११३३ जना आज संक्रमणबाट मुक्त भएका हुन् । आज निको भएका ११३३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६५ हजार २०२ पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ५,८५५, प्रदेश २ मा १४,३९२, बागमती प्रदेशमा २११८७, गण्डकी प्रदेशमा ३,६७८, प्रदेश नं ५ मा ९,६४२, कर्णाली प्रदेशमा ३,२२२ र सुदूरपश्चिम प्रदेशमा ७,२२६ जना गरी हालसम्म जम्मा ६५ हजार २०२ जना निको भएका हुन् ।
यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ४७४, प्रदेश २ मा ११२, बागमती प्रदेशमा ४४८, गण्डकी प्रदेशमा ६१९, प्रदेश नं ५ मा १,१११, कर्णाली प्रदेशमा ५१७ र सुदूरपश्चिम प्रदेशमा ७५२ गरी जम्मा ४,०३३ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।
यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश १ मा ३०५, प्रदेश २ मा ६४२, बागमती प्रदेशमा ८,२९३, गण्डकी प्रदेशमा ५०६, प्रदेश नं ५ मा ८६३, कर्णाली प्रदेशमा ३६८ र सुदूरपश्चिम प्रदेशमा २११ गरी जम्मा ११,१९१ विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार गराइरहेका छन् ।
होम आइसोलेशनमा
प्रदेश १ मा १७५१, प्रदेश २ मा ४७६, बागमती प्रदेशमा ७५३२, गण्डकी प्रदेशमा ५६५, प्रदेश नं ५ मा १२९६, कर्णाली प्रदेशमा २७५ र सुदूरपश्चिम प्रदेशमा ४२१ गरी जम्मा १२,३१६ जना होम आइसोलेशनमा बसेका छन् ।
कोरोनाबाट आज उपत्यकामै १२ सहित १९ जनाको मृत्यु
कोरोना संक्रमणबाट आज काठमाडौं उपत्यकाका मात्रै १२ जनाको मृत्यु भएको छ । जसमा काठमाडौंमा ९ जना र ललितपुरमा ३ जनाको मृत्यु भएको हो । उपत्यकामा मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै बढी हो ।
आज उपत्यकाको काठमाडौंमा ६ पुरुष र तीन महिला गरी ९ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका २६, ६५, ६७, ७८, ८१ र ९१ वर्षीय ६ पुरुष र ७६, ८१ र ८३ वर्षीया ३ महिला, ललितपुरका ३ वर्षीय बालक, ५५ वर्षीय र ७१ वर्षीय गरी ३ पुरुष रहेका छन् ।
त्यसैगरी सुनसरीका ५५ वर्षीय, पर्साकी ६५ वर्षीया महिला, सर्लाहीका ४२ र ६९ वर्षीय २ पुरुष, चितवनमा ६२ वर्षीय पुरुष, गोरखाकी ४५ वर्षीया महिला र नवलपरासीपुर्वका ३६ वर्षीय पुरुषसहित आज देशैभरी १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
आज थपिएका १९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ ।
वि.सं.२०७७ असोज १९ सोमवार १७:५४ मा प्रकाशित




























