back
CTIZAN AD

राष्ट्रिय जीवनका वरिष्ठ व्यक्तित्वहरुद्वारा प्रा.डा केसीको जीवनरक्षाका लागि सामूहिक अपिल

वि.सं.२०७७ असोज २० मंगलवार

930 

shares

२० असोज, काठमाडौँ । अनसन अभियानको उन्नाइसौं शृङ्खखलामा तिन हप्ता नाघिसक्दा पनि प्रा.डा गोविन्द केसीसँग सम्झौता भएका माग पुरा गर्न सरकार गम्भिर नभएको भन्दै राष्ट्रिय जीवनका वरिष्ठ ब्यक्तित्वहरुद्वारा प्रा. डा केसीको जीवनरक्षाका लागि सामूहिक अपिल गरिएको छ ।

मोहनविक्रम सिंह (महामन्त्री, नेपाल कम्युनिस्ट पार्टी (मसाल), सीपी मैनाली (महासचिव, नेकपा (माले), चित्रबहादुर केसी(अध्यक्ष, राष्ट्रिय जनमोर्चा नेपाल), स्वनाम साथी (वरिष्ठ वामपन्थी व्यक्तित्व), लोककृष्ण भट्टराई (अध्यक्ष, पुष्पलाल अध्ययन समाज), डा. मथुरा श्रेष्ठ (पूर्व स्वास्थ्यमन्त्री तथा वरिष्ठ चिकित्साकर्मी एवम् मानव अधिकारबादी नेता), युवराज घिमिरे, पुरुषोत्तम दाहाल( वरीष्ठ पत्रकार), युवराज सङ्ग्रौला, बोर्ण बहादुर कार्की, एकराज भण्डारी (वरिष्ठ अधिवक्ता), गौरी प्रधान (वरिष्ठ मानवअधिकारकर्मी), साध्यबहादुर भण्डारी
(अध्यक्ष, राष्ट्रिय जागरण परिषद, नेपाल), रवीन्द्र श्रेष्ठ (पूर्वमन्त्री एवम् प्रतिनिधि नेकपा वोल्सेभिक), नारायण शर्मा (संविधानसभा सदस्य एवं नेता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा), गुणराज लोहनी (अध्यक्ष, जागरण अभियान, नेपाल), विश्वनाथ प्याकुरेल (अध्यक्ष, पेशागत महासंघ, नेपाल), प्रेमल कुमार खनाल (ट्रेड युनियनकर्मी तथा प्रेसिडेन्सीयल काउन्सिल सदस्य विश्व ट्रेड युनियन महासंघ), झलकपाणी तिवारी (राजनैतिक अभियन्ता), वासुदेव मिश्र (प्रधान सम्पादक, जनदिशाा डटकम) नीलकण्ठ तिवारी (अध्यक्ष, ऐक्यबद्धता प्रकाशन नेपाल), गङ्गाबहादुर लामा (अध्यक्ष, सहिद र बेपत्ता स्मृति प्रतिष्ठान), बलराम तिमल्सिना (कवि तथा स्वतन्त्र वामपन्थी), नरेन्द्रजङ्ग पिटर (लेखक तथा स्तम्भकार), डा. शम्भु कटेल (संयोजक, माक्र्सवादी एकता अभियान, डा. मोहन खतिवडा (अध्यक्ष, नेपाल राष्टीृय प्राध्यापक संगठन), राजेन्द्र रेग्मी (पूर्व अध्यक्ष, नेपाल वायु सेवा कर्मचारी संघ तथा सदस्य, माक्र्सवादी एकता अभियान, नीमकान्त पाण्डे (अधिवक्ता तथा सम्पादक, जनधारणा साप्ताहिक), डम्बर विक्रम कार्की(उपमहासचिव, जनसमाजवादी पार्टी नेपाल), बलदेव भट्ट (पिपुल अफ नेपाल), मित्रलाल पार्दे(पानी अभियानकर्ता हाल युरोप), आर एल श्रमजीवी (सम्पादक काभ्रे टाइम्स हाल बेल्जियम), आरवी खड्का (प्रवासी युवा नेता भारत हाल भारत) शिव अधिकारी (पूर्व बिभागीय प्रमुख, कृषि विकास बैक) श्रीधर अधिकारी (प्राध्यापक, वाल्मीकि विद्यापीठ), मातृका पोखरेल (साहित्यकार एवम पूर्व अध्यक्ष प्रगतिशील लेखक संघ नेपाल), वासुदेव सिग्देल (कानूनविद् तथा मानव अधिकारकर्मी), गोबिन्दचन्द्र सुवेदी(अध्यक्ष पुर्व कर्मचारी समाज ने.ना.उ.प्रा), विमल अधिकारी (संयोजक, नेकपा माओवादी), धनबहादुर डागी (महासचिव, अखिल भारत प्रवासी नेपाली संघ), मुकुन्द आचार्य (स्वतन्त्र वामपन्थी), ठाकुर देवकोटा (कृषि तथा वातावरणविद्), उदय गोर्खाली (राजनैतिक अभियन्ता), प्रमोद गुरुङ (बामपन्थी बुद्धिजीवी), नाम्गेल मोक्तान (राजनैतिक अभियन्ता), डा. रविन्द्र घिमिरे (पोखरा विश्वविद्यालय), नारायण अर्याल(पत्रकार, संसारन्युज), चन्दा थापा (अध्यक्ष सोलिडारीटि ट्रष्ट नेपाल), नविन सापकोटा (सदस्य, कर्णाली बचाउ अभियान), डा. अर्जुन तिवारी (कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठान), जनार्दनबाबु कट्टेल (लोकपाटी डटकम), डा. महेन्द्र बुढाथोकी (त्रिविवि), केशव रिजाल (केन्द्रिय सल्लाहाकार जसपा), किशन शर्मा (अध्यक्ष, सीमा तथा जल सरोकार समाज नेपाल), रविन्द्र जायसवाल (सचिव, सीमा तथा जल सरोकार समाज नेपाल), ज्योति अधिकारी (अध्यक्ष, राष्ट्रिय पर्यटन ब्यबसायी संघ), बाबुराजा महर्जन (गैरआवासीय नेपाली अभियन्ता), लोक प्रसाद भुर्तेल (राजनैतिक अभियन्ता) लगायतले मंगलबार जारी गरेको सामूहिक अपिलमा भनिएको छ :

डा. गोविन्द केसीको जीवन रक्षाका लागि संयुक्त अपिल

सत्याग्रहीका जायज माग पूरा गर ।
डा गोविन्द केसीको जीवन रक्षा गर ।।

देशका उपेक्षित तथा उत्पीडित क्षेत्र र वर्गका निर्धा, निमुखा र निर्धन जनताका चिकित्सा शिक्षा सम्बन्धी हकहितका मागहरुलाई लिएर बारम्बार आमरण अनसन बस्दै आएका प्रा. डा गोविन्द केसीकोे अनसन अभियानको उन्नाइसौं श्रृंखलासम्म आइपुग्दा उहाँको जीवनरक्षाका लागि सरकार निकै नै गम्भीर हुनुपर्ने भएको महशुस हामीले गरेका छौं ।

नेपालकै दुर्गम क्षेत्र कर्णालीको जुम्ला जिल्लाबाट कर्णालीमै चिकित्सा शिक्षाको उच्च तहको अध्ययन अध्यापन गर्नु गराउनु पर्नेलगायत विगतमा सबैजसो सरकारहरुसँग सहमती भएका मागहरुको कार्यान्वयनको लागि सुरु गरेको अहिलेको अनसन पनि आज तीन हप्ता बितिसकेको छ । अनसनकै क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत डा. केसीको स्वास्थ्य गम्भीर र संवेदनशील मोडमा पुगेको प्रति राजनीतिक, सामाजिक, शैक्षिक, जनस्वास्थ्य, मानव अधिकार, ट्रेड युनियन र मेडिया आदि विविध क्षेत्रका सचेत, संवेदनशील र जिम्मेवार सरोकारवाला शक्ति र व्यक्तिहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।

गरीबदुखी र उपेक्षित तथा उत्पीडित वर्ग र क्षेत्रको मुक्ती, प्रगती र सुख, समृद्धिको लागि सामाजिक न्याय र सापेक्षित समानताका लागि भनि जनताको जनादेशबाट गठन भएको वर्तमान सरकार अढाई वर्षको अवधिमा पनि सहमती र सम्झौता गरेका मागहरुको कार्यान्वयन नभएको भन्दै पुनः भोकहडतालमा बस्नु पर्ने स्थिति र यति लामो अवधिमा पनि सरकारले वार्ता, सम्वाद र सम्झौता गरेर भोकहडताललाई अन्त्य सरकारवाट ध्यान नदिनु गम्भीर चिन्ताको विषय बनेको छ । माग पूरा गर्न आलटाल गरी डा केसीको जीवन तलमाथी केही भएमा यसको सम्पूर्ण जिम्मेवार सरकार स्वयं नै हुनुपर्ने कुरामा समेत अनुरोध गर्दै सरकारलाई सर्वप्रथम तत्काल वार्ता टोली गठन गरी अविलम्ब वार्ता प्रकृया सुरु गर्न विशेष आग्रह गर्दछौं ।

देश कोभिड–१९ को महामारीका कारण गम्भीर संकटमा पर्दै गरेको अवस्थामा यस विषयलाई लिएर अन्य चिकित्साकर्र्मीहरु पनि आन्दोलित हुने स्थितिले कोभिड–१९ लगायत अन्य विरामीहरुको स्वास्थ्य उपचार झन जटिल बन्ने संवेदनशील विषयप्रति कसैबाट पनि किमार्थ खेलबाड नगरियोस् भन्दै डाक्टर केसीका अन्य मागहरुबारे अध्ययन कार्यदल गठन गरी त्यसको सुझावका आधारमा पुरा गर्ने ब्यहारीक प्रतिबद्धता थालनी गरियोस भनी सुझाव दिन चाहन्छौ । साथै उहाँको जीवन रक्षा गर्दै सामाजिक न्याय, समानता, शान्ति र सत्याग्रहको सम्मान गर्न समेत हामी हार्दिक अपिल गर्दछौं । अपिलकर्ताहरुको तर्फबाट संपर्कका लागी लोककृष्ण भटराइ (९८४१८१७९०६ ) रहनुभएको पनि जनाइएको छ ।

 

वि.सं.२०७७ असोज २० मंगलवार ११:१० मा प्रकाशित

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्ष पद रिक्त भएको छ...

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...