काठमाठौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले संघिय व्यवस्था देशलाई आवश्यक नरहेको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले विगत ५ वर्षको अनुभवबाट संघियता आवश्यक नरहेको देखिएको बताएका हुन् ।
थापाले केन्द्र र स्थानीय तह कायम गरि प्रदेश तह खारेज गर्न पनि माग गरेका छन् । ‘संघियताको ५ बर्षे अनुभवले समेत संघियता आवश्यक छैन भन्ने प्रमाणित भएको छ, केन्द्र र स्थानीय तह कायम गरी प्रदेश तह खारेज गरौँ’, थापाले सामाजिक सञ्जालमा भनेका छन् ।
थापाले प्रदेश नं. ५ को प्रदेश सभा बैठकमा सोमबार भएको कुर्सी तोडफोडको घटनालाई निन्दनीय भएको टिप्पणी गरेका छन् । उनले घटनामा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र कांग्रेसका सांसदहरु दोषी रहेको बताएका छन् ।
मन्त्री केसीको गैरजिम्मेवार अभिव्यक्ति र कांग्रेस सांसदहरुको ध्वांसात्मक कार्य निन्दनीय रहेको उनको भनाई छ । थापाले भनेका छन्, ‘५ नं प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय छ।’
५नं प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय छ।
यो घटनाको कारणले मात्र होइन,संघियताको ५बर्षे अनुभवले समेत संघियता आबश्यक छैन भन्ने प्रमाणित भएको छ।केन्द्र र स्थानीयतह कायमगरी प्रदेश तह खारेज गरौँ— Kamal Thapa (@KTnepal) October 6, 2020
वि.सं.२०७७ असोज २० मंगलवार ११:२८ मा प्रकाशित




























