back
CTIZAN AD

रियालाइ थप १४ दिन हिरासतमा राखिने

वि.सं.२०७७ असोज २० मंगलवार

528 

shares

२० असोज, काठमाडौं । आत्महत्याबाट मृत्यु भएको भनिएका वलिवुड नायक शुसान्त सिंह राजपुतकी प्रेमिकालाई थप १४ दिन न्याायिक हिरासतमा राखिने भएको छ ।

२९ दिनदेखि जेलमा रहेकी रिया चक्रवर्तीलाई सेशन कोर्टले थप १४ दिनको हिरासत म्याद थप गरेको हो । भारतीय नारकोटिक्स कन्ट्रोल व्युरो (एनसीबी) सामु आफ्ना प्रेमि शुसान्त सिंहका लागि ड्रग्स खरिद गरिदिने गरेको स्वीकारेकी कलाकार रिया चक्रवर्ती ३० दिनदेखि जेलको हिरासतमा रहेकी छन् ।

तल्लो अदालतले २ पटकसम्म उनको रिहाइको अपिल खारेज गरिदिएपछि उनले मुम्बई उच्च अदालतमा आफ्नो रिहाइको अपिल गरेकी थिइन् । सम्भवत आज उनको फैसला हुने बताइएको छ ।

सेप्टेम्बर ८ का दिन एनसीबीको पक्राउमा परेकी रियाका साथ उनका भाइ सोविक र सुशान्तका म्यानेजर स्यामुअल मिरण्डाको रिहाइका लागि गरिएको अपिलको पनि मुम्बई उच्च अदालतले आज फैसला सुनाउन सक्ने बताइएको छ ।

आफूले सुशान्तका लागि ड्रग्स खरिद गर्ने गरेको स्वीकारेकी रियाका वकिलले भने सुशान्त रियाको जिन्दगीमा आउनु भन्दा पहिले नै ड्रग्स लिने गर्थे । त्यस्तै श्रद्धा कपुर सारा अलि खानले पनि सुशान्तले २०१९ भन्दा पहिलेदेखि नै ड्रग्स लिने गरेको बताएका थिए ।

वि.सं.२०७७ असोज २० मंगलवार १४:४४ मा प्रकाशित

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...