back
CTIZAN AD

चुनावको मिति आउन एक महिना बाँकी रहँदै अमेरिकी राष्ट्रपतिका लागि ४० लाखले गरे मतदान

वि.सं.२०७७ असोज २१ बुधवार

681 

shares

२१ असोज, वासिङ्टन । अमेरिकी राष्ट्रपतिको चुनावको मिति आउन एक महिना बाँकी रहँदै हुलाक मार्फत् ४० लाखभन्दा बढीले मतदान गरिसकेका छन् । अमेरिकी राष्ट्रपतिका लागि आगामी नोभेम्बर ३ तारिखमा मतदान हुँदैछ ।

अमेरिकी निर्वाचन परियोजनाका अनुसार सन् २०१६ को भन्दा यो संख्या ७५ हजारभन्दा बढी हो ।

कोरानाभाइरस महामारीको अवस्थामा हुलाकबाट मतदान गर्नु सुरक्षित ठान्ने ठूलो संख्याका मतदाताहरुले चुनावको मितिभन्दा अघि नै मतदान गरेका हुन् । अमेरिकाका कैयौं राज्यले यसपटक हुलाक मार्फत मतदान गर्न अनुमति दिएका थिए ।

फ्लोरिडा विश्वविद्यालयका माइकल म्याकडोनाल्डले अमेरिकामा चुनावको मिति अघि नै यति ठूलो संख्यामा मतदान भएको पहिलो पटक देखिएको बताए । उनले मतदान गर्नुअघि नै उम्मेदवारका बारेमा निर्णय गरिसक्ने र यसपटक पनि राष्ट्रपति ट्रम्प र विपक्षी जो बाइडेनका बारेमा निर्णय गरिसकेका छन् भने ।
उनले यसपटकको चुनावमा करिब १५ करोड अर्थात् करिब ६५ प्रतिशत अमेरिकीले मतदान गर्ने पूर्वानुमान गरेका छन । सन् १९०८ यता यो सबैभन्दा ठूलो संख्या हुनेछ ।

अमेरिकी राष्ट्रपतिको चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडेन उम्मेदवार रहेका छन । पछिल्लो जनमत सर्वेक्षणहरुले बाइडेनको पक्षमा केही झुकाव देखाए पनि दुबै उम्मेदवारबीच निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरेका छन् ।

अमेरिकी निर्वाचन आयोगका अनुसार मतदान स्थलमा गएर मतदान गर्ने अमेरिकीहरुको संख्यामा निरन्तर कमी आइरहेको छ । बरु हुलाक मार्फत हुने मतदाताको संख्या निरन्तर बढ्दै गएको छ । सन् २००४ मा करिब २ करोड ५० लाख मतदाताले हुलाक मार्फत मतदान गरेकामा सन् २०१६ मा ५ करोड ७० लाखले यस्तो मतदानमा भाग लिएको आयोगको भनाई छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुलाक मार्फत हुने मतदानबाट धाँधलीको सम्भावना बढी हुने आरोप लगाउनु भएको छ । तर विज्ञहरुले ट्रम्पको आशंका विश्वासयोग्य नरहेको दाबी गरेका छन् ।

राष्ट्रपति निर्वाचनमा निकै प्रभाव पार्ने फ्लोरिडा राज्यमा डेमोक्रेट समर्थक २४ लाख मतदाताले हुलाक मार्फत मतदान गर्न फारम भरेका छन् भने २ लाख ८२ हजारले मतपत्र पठाइसकेका छन् । रिपब्लीकनले भने १७ लाख मतपत्र अनुरोध गरेकामा १ लाख ४५ हजारले मतपत्र हुलाकमा बुझाइ सकेका छन् ।

वि.सं.२०७७ असोज २१ बुधवार १०:२६ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...