back
CTIZAN AD

प्रधानमन्त्री ओलीलाई कांग्रेसको प्रश्न : के डा. केसीलाई कात्रो पठाउने तयारी गरेको हो ?

वि.सं.२०७७ असोज २१ बुधवार

684 

shares

काठमाडौं । डा. गोविन्द केसीको अनसनलाई सरकारले गरेको वेवास्ताप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । बुधबार एक विज्ञप्ती सार्वजनिक गर्दै कांग्रेसले आपत्ति जनाएको हो ।

सरकारका नेतृत्वकर्ता प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसले वार्तासमेत नगर्ने बरु कात्रो पठाउने तयारी गरेको हो भनि प्रश्न तेर्साएको छ । ‘डा केसीको स्वास्थ्य स्थिति जटिल बन्दै गएको छ । वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महँगो पर्नेछ प्रधानमन्त्रीज्यू । लोकतन्त्र भर्सेस कम्युनिस्टतन्त्रमा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा. केसीको आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस्’, कांग्रेसले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ ।

कांग्रेसले विज्ञप्तीमार्फत आफ्नो समयमा डा. केसीका कयौं माग पुरा गरेको पनि दाबी गरेको छ । तत्कालिन आफ्नो सरकारले सम्बोधन गरेका माग पनि उल्टाइएको कारण समस्या आएको भनाई कांग्रेसको छ ।

कांग्रेसले सत्याग्रहीप्रति दुव्यर्वहार गरिन लोकतान्त्रिक संस्कार नभएको बताएको छ । कांग्रेसले प्रधानमन्त्री ओलीलाई बालहठ नत्यागे महंगो पर्ने चेतावनी पनि दिएको छ ।

‘डा. केसीको स्वास्थ्य स्थिति जटिल बन्दै गएको छ । वार्ता नगर्ने बालुवाटारबारे बालहठ यहाँलाई महंगो पर्नेछ प्रधानमन्त्री ज्यू । हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’मा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा. केसीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाई गर्ने गम्भीर भुल किमार्थ नगरियोस् ।’ विज्ञप्तीमा भनिएको छ ।

डा. गोविन्द केसी गत २४ दिनदेखि आमरण अनसनमा छन् । उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । तर, सरकारले भने केसीको मागप्रति पूर्णं वेवास्ता गरिरहेको छ । सरकारले केसीलाई अनसन बस्न आवश्यक नरहेको बताईरहेको छ ।

वि.सं.२०७७ असोज २१ बुधवार १५:०८ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...