back
CTIZAN AD

ताप्लेजुङका साहित्यकार लुङमाहिमको परिवारलाई आर्थिक सहयोग

वि.सं.२०७७ असोज २२ बिहीवार

564 

shares

२२ असोज, खोटाङ । फोक्सो तथा मुटुको रोगका कारण ज्यान गुमाउनुभएका ताप्लेजुङका साहित्यकार एवम् पूर्वशिक्षक लुङमाहिम काइँला (भीम इजम)को परिवारलाई खोटाङबाट रु ७६ हजार आर्थिक सहयोग रकम पठाइएको छ । फोक्सोमा देखिएको समस्यापछि मुटुमा परेको असरले जलोदर (पेटमा पानी जम्ने समस्या) ले ज्यान गुमाउनुभएका ताप्लेजुङस्थित पाथीभरा याङ्बरक गाउँपालिका–३ तिरिङ्गेका साहित्यकार काइँलाका परिवारको सहयोगार्थ बुधबार रु ७६ हजार २०० आर्थिक सहयोग रकम पठाइएको हो ।

गम्भीर रोगबाट पीडित काइँलाको उपचारमा सहयोग गर्न जिल्लामा ‘लुङमाहिम काइला उपचार सहयोग अभियान’ सञ्चालन भइरहेकै अवस्थामा उनको मृत्यु भएपछि सङ्कलित रकम उनको परिवारको नाममा पठाइएको आर्थिक सहयोग सङ्कलन समितिले जनाएको छ । जिल्लामा सङ्कलित सहयोग रकम उनकै श्रीमती सीता चोङबाङको नाममा सिद्धार्थ बैङ्कको पथरी शाखामा जम्मा गरिएको सहयोग सङ्कलन अभियानका आर्थिक संयोजक सीता थुलुङले बताएका छन ।

काइँलाको मृत्युपछि उपचार सहयोग अभियानकर्मीले मङ्गलबार खोटाङको दिक्तेल बजारस्थित दिक्तेल एकेडेमीको कार्यालयमा श्रद्धाञ्जलिसभा एवम् सहयोग रकम सार्वजनिकीकरण कार्यक्रम गरेको थियो । लामो समयसम्म रोगले ग्रसित लुङमाहिम काइँलाको उपचारमा सघाउ पु¥याउन जिल्लामा विभिन्न क्षेत्रमा काम गर्ने ४८ जना दाताबाट सहयोग रकम सङ्कलन गरिएको थियो ।

फोक्सोमा समस्या देखिएपछि २०७१ सालदेखि सिकिस्त बिरामी पर्नुभएका काइँलाको यही असोज ४ गते उपचारको क्रममा काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको थियो । ताप्लेजुङ घर भए पनि स्वास्थ्य समस्यका कारण काइँलाको परिवार शनिश्चरे बस्दै आएका छन् । जिल्लामा सङ्कलित सहयोग रकम काइँलाको दुई सन्तानको पालन–पोषण र शिक्षादीक्षामा खर्च गर्नेगरी पठाइएको आर्थिक सहयोग सङ्कलन अभियानका संयोजक किरणजीत राईले बताएका छन । समाजसेवी किरणजीतको नेतृत्व गठन भएको सहयोग सङ्कलन समितिले यसअघि पनि विभिन्न घटनाका कारण समस्यामा परेका व्यक्ति तथा परिवारलाई आर्थिक सहयोग गर्दै आएको छ । रासस

वि.सं.२०७७ असोज २२ बिहीवार ०८:२३ मा प्रकाशित

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...