back
CTIZAN AD

सुन जस्तो देखिने पहेंलो धातु सहित तीन जना पक्राउ

वि.सं.२०७७ असोज २३ शुक्रवार

594 

shares

२३ असोज, काठमाडौं। १ हजार ग्राम सुन जस्तो देखिने पहेंलो धातु, नगद तथा अन्य धनमाल सहित ३ जनालाई प्रहरीले लमही नगरपालिका-९ अमिलियाबाट बिहीबार दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका-१४ बस्ने ४२ वर्षीय सम्मान कुमार श्रेष्ठ, सोही उपमहानगरपालिका-१५ बस्ने २५ वर्षीय सुवाश श्रेष्ठ र रुपन्देही बुटवल उपमहानगरपालिका-९ देविनगर बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले प्रदेश ३-०१०२३ च ३२६१ नम्बरको कार जाँच गर्ने क्रममा कारमा सवार सम्मानले लगाएको जुत्ताको तलुवामा लुकाई छिपाई राखेको ५ सय ग्रामका २ थान गरी जम्मा १ हजार ग्रामको उक्त बस्तु फेला पारी कारका चालक सुवाश श्रेष्ठ र कारमा सवार ती किशोरलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।
साथै प्रहरीले सम्मानको साथबाट नेपाली ६० हजार रुपैयाँ, १ थान सुनको जस्तो देखिने सिक्री, १ थान मोबाइल, १ थान घडी सुवाशको साथबाट नगद १२ हजार २ सय ५० रुपैयाँ, २ थान मोबाइल, १ थान घडी तथा किशोरको साथबाट नगद १ हजार १ सय २० रुपैयाँ र १ थान चाँदी जस्तो देखिने सिक्री समेत बरामद गरेको छ । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०७७ असोज २३ शुक्रवार १५:२३ मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...